![मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पुरस्कृत हुने](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/madan-bhandari-foudation-pressmeet.jpg)
काठमाडौं । अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको बेला जनता समाजवादी नेपाल (जसपा) फुटको संघारमा पुगेको छ ।
आइतबार अपरान्ह वरिष्ठ नेता अशोककुमार राई आफ्नो पक्षमा बहुमत रहेको दाबीसहित नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुग्नुभएको छ । राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता समेत भएको छ ।
स्रोतका अनुसार निवेदनमा हस्ताक्षर गर्नेहरुमा राईसहित सांसदहरू नवलकिशोर साह सुड्डी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठ हुुनुहुन्छ ।
जसपा नेपालसँग संघीय संसद्मा १२ सांसद छन् । ती मध्ये सात जनाले निवेदन दिएका हुन् । त्यस्तै, केन्द्रीय कार्यकारिणी समितिका २९ जना सदस्यले निवेदन दिएका छन्।
नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी मात्रै राखिएको एक नेताले बताए।
उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष यादव यतिबेला अमेरिकामा भ्रमणमा हुनुहुन्छ। उहाँ पक्षका प्रवक्ता मनिष सुमनले भने केही साथीहरूले आफ्नै राजनीतिक हत्या गरेका प्रतिक्रिया दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच