भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री प्रचण्डलाई समवेदना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्नी शोकमा रहनुभएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना दिनुभएको छ । उहाँले बुधबार निधन भएकी सीता दाहाललाई श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिनुभएको हो ।

ट्वीट गर्दै उहााले दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको बताउनु भएको छ । प्रधानमन्त्री प्रचण्डलाई मेन्सन गर्दै उहाँले ट्वीटरमा लेख्नुभएको छ, 'श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु ।'

उपचारका क्रममा बुधबार बिहा ८स्३३ बजे नर्भिक अस्पतालमा सीताको ६९ वर्षको उमेरमा निधन भएको हो । उहाँको बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?