![परराष्ट्रमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको भेट](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/chinda-bidesh-matri-and-narayankaji.jpg)
भोजपुर । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाको टिमले गृहजिल्ला भोजपुर सदरमुकामबाट पश्चिम छिनामखुमा रहेकोे त्रिभुवन धर्मोदय माध्यामिक विद्यालयमा आइतवार ई–लर्निङ सेन्टर स्थापना गरेको छ । २० थान कम्प्युटर सेट र स्मार्ट टिभीसहित विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिएको हो ।
आफैँ संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौ नामक संस्थाको सहयोगमा कोइरालाको टिमले भोजपुरको टेम्के मैयुङ गाउँपालिका वडा नम्वर २, छिनामखुमा २००५ सालमा स्थापना भएको त्रिभुवन धर्मोदय माध्यामिक बिद्यालयमा पुगेर आवश्यक कम्प्युटर सहितका सामग्री सहयोग गरेपछि सेन्टर सञ्चालनमा आएको हो । जिल्लाका अधिकांश विद्यालयमा पुगेर बिगतमा पनि ई–लर्निङ सेन्टर सञ्चालनका लागि आवश्यक सामग्री सहयोग गर्दै आइरहेको कोइरालाको टिमले यस पटक भने छिनामखुमा रहेको बिद्यालयमा ई–लर्निङ सेन्टर सञ्चालनका लागि सहयोग गरेको सहयोगी संस्था ईश्वर मन्दिर काठमाडौका अध्यक्ष प्रमेश केशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बिगतमा जस्तो अव अध्ययनले मात्र हुदैन, नयाँ युगसँगै नयाँ प्रबिधिका विषयमा विद्यार्थीहरु पनि जानकार बन्न आवश्यक छ, त्यसैले हामी बिद्यालयमा ई–लर्निङ सेन्टर स्थापनाका लागि सहयोगी बनेका छौँ ।” आगामी दिनमा पनि यो अभियान जारी रहन्छ । भोजपुर नगरपालिकामा रहेको त्रिभुवन बिश्वबिद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पस, विद्योदय मावि, जनसेवा आधरभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, आदर्श शिशु आधारभूत विद्यालय, हतुवागढी गाउँपालिकामा रहेको सगरमाथा मावि, षडानन्द नगरपालिकामा रहेको अरुण मावि, अरुण गाउँपालिकाको शारदा मावि सहित पुस्तकालय लगायतका संस्थालाई पनि कोइरालाको टिमले यसअघि नै कम्प्युटर लगायतका आवश्यक सामग्री सहयोग गर्दै ई–लर्निङ सेन्टरहरु संचालनमा ल्याएको छ ।
क्याम्पस र विद्यालयहरुमा ई–लर्निङ सेन्टर सञ्चालनमा आएसँगै अध्ययनरत विद्यार्थीलाई पठनपाठनमा समेत सहयोग पुगेको छ । सामुदायिक विद्यालयको गुणस्तरीयता नभएको भन्दै अभिभावकले आफना नानीहरूलाई निजी विद्यालयमा पढाइरहेको अवस्थामा पूर्वअर्थमन्त्री कोइराला सहितको टिम भने जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा अभिबृद्धि गर्न बिगत देखिनै प्रयासरत रहदै आएको छ ।
सहयोगी संस्था ईश्वर मन्दिरका महासचिव संकेत कोइरालाले भन्नुभयो, “आधुनिक प्रविधिको युगमा विद्यार्थीको हातमा कलम र कपी मात्र होइन, अहिलेका नयाँ पुस्तामा हात हातमा कम्प्युटर हुन जरुरी छ, त्यसैले हामी त्यही अभियान अन्तर्गत अहिले गृह जिल्लामा छौँ ।” निरन्तर यो अभियान बिस्तार हुँदै जाने छ । इच्छाशक्ति भएमा पहुँचमा नहुँदा पनि आफ्नो गृहजिल्लाका लागि केही गर्न सकिन्छ भने उदाहरण खिलराज रेग्मी सरकारको अन्तरिम मन्त्रिपरिषदमा अर्थमन्त्री रहनुभएका कोइरालासहितको टिमले देखाएको छ ।
‘विद्यार्थी साथमा, कम्प्युटर हातमा’ भन्ने अभियान सुरु गरेको पूर्वअर्थमन्त्री कोइरालाको टिमले भोजपुरका विद्यालयमा गरेको सहयोग शैक्षिक सुधारका लागि उदारणीय बनेको विद्यालयले जनाएको छ । विद्यालयलाई प्रबिधि मैत्री बनाउन पूर्वअर्थमन्त्री कोइरालाको भुमिका महत्वपूर्ण बनेको त्रिभुवन धर्मोदय माध्यामिक बिद्यालयका प्रधानाध्यापक राजन राईले बताउनुभयो । गाउँपालिकामा रहेका बिद्यालयहरुमा गरिएको सहयोगले शैक्षिक गुणस्तर सुधारमा पनि मद्धत मिल्ने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।
संस्थाका संरक्षक पूर्वअर्थमन्त्री कोइरालाले आगामी दिनमा पनि भोजपुरका अन्य विद्यालयमा पनि यो सहयोग निरन्तर रहने बताउनुभयो । “अब विद्यालयमा प्रविधिमैत्री ई–लर्निङ सेन्टर पनि स्थापना हुनुपर्छ, त्यसका लागि पनि हामीले सहयोग अभियान सुरु गरेका हौँ”, कोइरालाले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच