सरकारले सुन तस्करीका मुख्य नाइके तत्काल पत्ता लगाउनुपर्छ : प्रदीप ज्ञवाली

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । नेकपा एमालेका उपमहासचिव तथा पूूर्वमन्त्री प्रदीप ज्ञवालीले सुन तस्करी प्रकरणका मुख्य नाइकेलाई सरकारले तत्काल पत्ता लगाएर कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनु भएको छ ।

सुन तस्करी प्रकरणमा सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उहाँका छोराको नाम जोडिएकै कारण सरकारले इमानदारी पूर्वक छानविन नगरेको प्रसंग उल्लेख गर्दै ज्ञवालीले निष्पक्ष छानविनको माग गर्नु भएको हो ।

आइतबार नेकपा एमालेको सुुदूूरपश्चिम प्रदेश, स्कुल विभागले धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ज्ञवालीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैलाई पनि छोड्दिन भनेर प्रचारबाजी गरिरहेकाले मुख्य नाइके पत्ता लगाउन आग्रह गर्नुभयो ।
२२ पटक सुन तस्करी गरेपछि २३ औँ पटक कुनै कुरा नमिलेपछि समातिएको बताउन्दै ज्ञवालीले गृहमन्त्री कसैलाई छोड्दिन भनेर जुँगामा ताउ लगाउदै बसेको बताउनु भयो । गृह मातहतकै सुरक्षा निकायको बलियो उपस्थिति हुने विमानस्थलबाट २२ पटक सुन जानुको रहस्य र मुख्य नाइके तत्काल पत्ता लगाउनु पर्ने उहाँ बताउनु भयो ।

सुन प्रकरणमा माओवादी उपाध्यक्ष र उहाँको छोराले व्यापारीसँग पटक पटक कुराकानी गरेको सार्वजनिक भएपनि सरकार पक्षकैभएका कारण छानविन नभएको बताउँदै उहाँले अहिलेका कुुरा इमानदार नभएको दाबी गर्नुभयो ।

सरकारले निष्पक्षपूर्वक गर्ने जुनसुकै काममा एमालेले रचनात्मक सहयोग गर्ने उहाँले बताउनु भयो । ललितानिवासको भ्रष्टाचार प्रकरणमा समेत निर्णय गर्नेमाथि पनि कारवाही हुनुपर्ने उहाँको मत थियो ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड सत्ता जोगाउन जुनसुकै हदसम्म जान र जेसकुकै गर्न तयार रहेको आरोप उहाँले लगाउनु भयो । भारत भ्रमण त्यसको ठुलो प्रमाण भएको टिप्पणी ज्ञवालीको थियो । प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको हितखोज्ने कुरा भन्दापनी सत्ता टिकाउनका केन्द्रीत भएको बताउनु भयो । उहाँले उर्जा, जलस्रोतको क्षेत्रमा भारतको प्राथमिकता अनुसार सम्झौता गरिएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?