पेरिसडाँडामा मनायो माओवादीले जनयुद्ध दिवस 

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रले आइतबार २८ औँ जनयुद्ध दिवस मनाएको छ ।

पेरिसडाँडामा आयोजित बिशेष समारोहमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बिशेष उपस्थितिमा माओवादीका पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागितामा जनयुद्ध दिवस मनाईएको हो ।

सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको तस्वीरमा माल्यार्पण गर्नुभएकाे थियाे भने सहिद स्तम्भमा शिर झुकाएर अभिबादन गर्नुभएकाे थियाे ।  सो कार्यक्रमा माओवादीका उच्च नेताहरुको पनि उपस्थिति रहेको थियो ।

जनयुद्ध दिवसको अवसरमा सरकारले आज देशब्यापी सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?