काठमाडाैं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको कतार एयरवेजको जहाजको प्राविधिक परीक्षणपछि उडानको तयारी गरिएको छ।
कतार एयरवेजको ६५३ उडान नम्बरको जहाज बिहान ११:४५ बजे उड्ने तालिका थियो। तर जहाजमा धुवाँ देखिएपछि उडान रोकिएको थियो।
जहाजलाई पार्किङ बेबाट पुस ब्याक गर्दा एक्जिलरी पावर युनिट (एपीयू) मा धुँवा देखिएको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो।
अहिले जहाज प्राविधिक रूपमा ठिक रहेको र अब उड्न तयार भएको उहाँले जानकारी दिनुभयो। जहाजमा ३ सय १८ यात्रु सवार छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान नम्बरको जहाजमा धुवाँ देखिएपछि उडान रोकिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच