सुन तस्करी प्रकरणमा सरकारले जात्रा देखायो : गुरु घिमिरे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले एक सय किलो सुन तस्करी प्रकरणमा सरकारले जात्रामात्रै देखाएको आरोप लगाउनु भएको छ। सरकारले अहिलेसम्मका बिभिन्न काण्ड तथा प्रकरणमा जनताको विश्वास जित्ने गरी काम गर्न नसकेको उहाँको आरोप छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा नेता घिमिरेले सुन तस्करी, ललिता निवास, भुटानी शरणार्थी प्रकरणका फाइल खोल्ने काम मात्रै गर्न नहुने बताउनु भयो।  यस्ता प्रकरणमा सरकारले जात्रा देखाउने काममात्र नगरेर टुंगोमा पुग्ने गरी काम गर्नु पर्ने बताउनु भयो ।

‘कुनै पनि छानविनको  जनताले विश्वास गर्न सक्या छैन। फाइल खोल्ने काम मात्रै होईन् पूर्वाग्रह नराखेर यसको टुङ्गो लगाउनुपर्छ । राजनीतिकबाटै संरक्षित भयो अपराध कर्म, संरक्षित नभएको भए देशलाई यस्तो प्रभाव पर्ने भ्रष्टाचार हुँदैन थियो,’ उहाँले भन्नुभयो ।

७ सय ५३ वटा सरकार, ७ सरकार र केन्द्रीय सरकार यति धेरै सरकार भएका देशमा भ्रष्टाचार बढ्नु र जनताले सरकार नै नभएको महसुश गर्नु चिन्ताको विषय भएको बताउनु भयाे।

‘स्वास्थ्य सेवा विभागले ३ सय ४५ करोडको सामान खरिद गरेको रहेछ गत वर्ष त्यसमा झन्डै २ सय करोड जति भ्रष्टाचार हुने किनभने ५ लाख पर्ने सामान १८ लाखको दरले किनिएको छ । यसमा ६० प्रतिशतभन्दा बढि भ्रष्टाचार भएको छ । औषधि माफियासँग मिलेर बील तयार गरिने रहेछ,’ उहाँले भन्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?