काठमाडौं । दि नेपाल डिस्टिलरिज प्रालिको आर्थिक व्यवस्थापन तथा नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलको प्राविधिक सहयोगमा धनुषामा उखुखेती प्रवद्र्धनका लागि सीमान्तकृत समुदायका कृषकको सीप, क्षमता तथा आय अभिवृद्धिसम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
धनुषाको नक्टाझिजस्थित कृषि विकास निर्देशनालय र कृषि व्यवसाय प्रवद्र्धनको सहयोग तथा तालिम केन्द्रमा सिरहा, सप्तरी, महोत्तरी र धनुषाका अगुवा किसानलाई उखुखेती प्रवद्र्धनका लागि सीपमूलक तथा आय अभिवृद्धि अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम नेपाल डिस्टिलरिजले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको हो ।
मधेश प्रदेशको मुख्य नगदेबाली उखु खेतीको प्रवद्र्धन, यसप्रति किसानहरूको आकर्षण वृद्धि तथा कृषि क्षेत्रको बृहत्तर विकासका लागि दि नेपाल डिस्टिलरिज प्रालिले नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलसँगको सहकार्यमा विशेष पहल सुरु गरेको छ ।
द नेपाल डिस्टिलरिज प्रालिका प्रमुख प्रशासकीय अधिकृत जनकराज रेग्मीले उखुबाट चिनी उत्पादनमात्र नभई उखुको बहुआयामिक गुणबारे किसानलाई एकै ठाउँमा राखेर बुझाइएको र खेतीको विस्तार, प्रवद्र्धन एवं संरक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभएको छ । सन् १९५९ देखि नेपालमा व्यावसायिकरूपमा पेयपद्धार्थ उत्पादन गर्दै आएको नेपाल डिस्टिलरिजले स्वदेशकै किसानद्वारा स्वदेशी भूमिमा उत्पादित उखुका उत्पादन खपत गर्दै आएको छ । रम उत्पादनको महŒवपूर्ण कच्चा पदार्थ मोलासेस उखुबाट बन्ने गर्छ ।
मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले उखु किसानले वर्षौंदेखि समयमा भुक्तानी नपाउने, मल नपाउने, बिउ नपाउनेलगायत भोगिरहेका समस्या सम्बोधन गर्न तथा उखुखेतीको विकास गर्न मधेशका आठवटै जिल्लालाई समेट्ने गरी प्रदेश उखु विकास बोर्ड गठनको तयारी भइरहेको बताउनुभयो । मधेश प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले उखु किसानको समग्र माग र आवश्यकता सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलका प्रबन्ध निर्देशक डा. विमलकुमार निर्मलले मधेश प्रदेशको उखुखेतीको अवस्था, समस्या र सम्भावनाबारे प्रस्तुतीकरण दिँदै नेपालमा उखु उत्पादनमा उच्च प्रतिफलको सम्भावना रहेको तथा गुँड, खुदो, चिनीमात्र नभई उखु पेलेर बाँकी भागबाट स्पिरिटलगायतका पेय पद्धार्थ बनाउन सकिने बताउनुभयो । सो अवसरमा पूर्व कृषि सचिव एवं नेपाल फार्मर्स एड्भाइजरी काउन्सिल अध्यक्ष डा. योगेन्द्रकुमार कार्की, काउन्सिलका कार्यक्रम संयोजक नारायण श्रेष्ठ, महेन्द्र पन्त, दिलराज यादव, रामकृष्ण रजक र अनिसुर रहमान अन्सारीलगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच