काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका एक सय ६९ शाखा कार्यालयमार्फत् एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रममा २० हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा-युवतीको सहभागिता थियो ।
कोशी प्रदेशमा आयोजना गरिएको कार्यक्रममा दुई हजार पाँच सय, मधेश प्रदेशमा दुई हजार, बागमतीमा पाँच हजार, गण्डकीमा चार हजार पाँच सय, लुम्बिनीमा तीन हजार पाँच सय, कर्णालीमा पाँच सय र सुदूरपश्चिम प्रदेशमा दुई हजार पाँच सयभन्दा बढी लक्षित वर्गको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच