चितवन । चितवनको रत्ननगरमा उद्यमी महिलाहरुले सामूहिक अदुवा र बेसार खेती सुरु गरेका छन् । रत्ननगर नगरपालिकाले सामूहिक खेतीमा अधिकतम अनुदान दिन थालेपछि उद्यम गरिरहेका महिलाहरुले सामुहिक रुपमा अदुवा र बेसार खेती सुरु गरेका हुन ।
आर्थिक अबस्था कमजोर भएका महिलाहरुले जीविकोपार्जन आयआर्जनको लागि सामुहिक खेती सुरु गरिएकाे बताइएकाे छ । उद्यमशील महिला समूह रत्ननगर वडा नं ९ वडा समितिको अगुवाईमा १३ कठ्ठा क्षेत्रफलमा अदुवा र बेसार खेती सुरु गरिएको समुहकी अध्यक्ष विन्दु शर्माले जानकारी दिनुभयो । सामुदायिक वनको नजिक रहेको स्थानीय रवि तिमिल्सिनाको जग्गालाई व्यस्थापन गरी सामुहिक खेती सुरु गरिएको उहाँको भनाई छ । बाँझो जमिलालाई खनजोत गरी प्रयोगमा गरिएकाे छ ।
जंगलनजिक भएका कारण अन्नबाली जंगली जनावरले नष्ट गर्न गरेपछि तिमिल्सिनाको उक्त जग्गा बाझो रहेको थियो । वडा कार्यालयसंग सहकार्य गरी उद्यमशिल महिला समुहले अदुवा र बेसार खेतीका लागि तिमिल्सिनाको जग्गा लिएका थिए । तिमिल्सिनाले पैसा नलिने गरी महिलाहरुलाई जग्गा उपलब्ध गराएको वडाध्यक्ष अनन्त अधिकारी जानकारी दिनुभयो । बेसार र अदुवा खेती वन्यजन्तुले नष्ट नगर्ने भएकाले खेती प्रभावकारी हुने उहाँले बताउनुभयो ।
रत्ननगर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले आर्थिक अवस्था कमजोर भएका महिलाहरुको जीविकोपार्जन र आयआर्जनको लागि सामूहिक खेतीमा ७० प्रतिशत सम्म अनुदान दिँदै आएको बताउनुभयो । कृषि उत्पादनमार्फत महिलाको जीवनस्तर उकास्न सामूहिक खेतीका लागि सहयोग गरिएको भन्दै उहाँले सामूहिक खेती प्रणालीको विकासमा जोड दिएको बताए । त्यसैगरी रत्ननगर वडा नं–१४ मा पनि उद्यमशील महिला समूह वडा समितिले सामूहिक बेसारखेती सुरू गरेको छ ।
रत्ननगर नगरपालिकाको आर्थिक सहयोग, वडा कार्यालय र प्राकृतिक जडीबुटी सहकारी संघ रत्ननगरसँग सहकार्य गरी महिलाहरुले छ कठ्ठा क्षेत्रफलमा बेसारखेती सुरू गरेका हुन् । नगरस्तरीय उद्यमशील महिला समूहकी अध्यक्ष गीता सिंखडाले आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई समूहमा आबद्ध गराई उनीहरुलाई सीपमूलक तालिम र आयमूलक कार्यक्रममा समावेश गरिएको बताउनुभयो ।
महिलाहरुको आयआर्जन र जीविकोपार्जनका लागि स्थानीय सरकारसँग सहकार्य गरेर काम गरिरहेको भन्दै उहाँले कृषि उत्पादन मार्फत महिलाको जीवनस्तर उकास्न सामुहिक खेती सुरु गरिएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच