सुर्खेत । वीरेन्द्रनगरमा राष्ट्रिय स्तरको दोस्रो काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको छ । विश्व ओलम्पिकको दिनको अवसरमा आगामी ७ असारमा राष्ट्रिय स्तरको हाफ म्याराथनको दोस्रो संकरण हुनलागेको हो ।
कर्णाली खेलकुद विकास परिषद्कोे सहयोग तथा मिड वेस्टन फिटनेस सेन्टरको अयोजनामा प्रतियोगिता संचालन हुनेछ ।
विहिबार आयोजित पत्रकार सम्मेलनका अवसरमा बोल्दै प्रतियोगिता संचालन समिति संयोजक प्रमोद हमालले खेलकुदसँग सरकार र नीजि क्षेत्रलाई जोड्ने ध्येयले म्याराथन आयोजना गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिलो संस्करणमा हामीले कर्णाली प्रदेशका खेलाडी मात्रै सहभागी गराएका थियौं, यस वर्षबाट हामीले देशैभरका धावकलाई समेटने तयारी गरेका छौं ।’ उहाँका अनुसार हाफ म्याराथन २१ किलोमिटरको हुनेछ ।
एथेलेक्टिसका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काँक्रेविहारको पहिचान स्थापित गर्न र आसन्न दशौं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा कर्णालीले जुनसुकै खेल पनि खेलाउन सक्छ भन्ने सन्देश प्रवाह गराउन म्याराथन आयोजना गरिएको हमाल बताउनुहुन्छ ।
हाफ म्याराथनको विजेतामध्ये प्रथम हुने खेलाडीलाई एक लाख राशीको पुरस्कार प्रदान गरिने छ । यस्तै प्रतियोगिताको द्वितिय स्थान प्राप्त गर्नेले ७५ हजार, तृतिय हुनेलाई ५० हजार नगद रकम प्रदान गरिनेछ । प्रतियोगितामा सान्त्वना स्थान हाँसिल गर्ने खेलाडीलाई ३० हजार रकम पुरस्कारस्वरुप प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै विद्यार्थीलाई समेत केन्द्रीत गर्दै ५ कि.मि र तीन किलोमिटर दौड प्रतियोगिता हुने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच