काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि महासंघले पहल गरिरहेको बताउनुभएको छ । जसका लागि सरकारको नेतृत्व र विकास साझेदारसँगको सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो । नेपालको औपचारिक भ्रमणमा रहनुभएका बंगलादेश, भुटान र नेपालका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का देशीय प्रबन्धक मार्टिन होल्टम्यानसँग बिहीबार भएको भेटमा अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।
उहाँले नेपाल प्राकृतिक स्रोत साधनमा धनी भएको, युवा र गतिशील जनशक्ति भएको र रणनीतिक भौगोलिक अवस्थिति रहेको चर्चा गर्दै उल्लेखित फाइदा पूर्णरूपमा सदुपयोग गर्न र आर्थिक वृद्धि अघि बढाउन व्यापारिक वातावरणमा सुधार, लगानी आकर्षित गर्ने नीति उद्यमशीलता प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । ढकालले नवप्रवर्तन, उद्यमशीलता विकास र दिगो आर्थिक वृद्धि गर्ने वातावरण सिर्जना गर्न अन्तर्राष्ट्रिय वित्त निगमसँगको सहकार्यमा जोड दिनुभयो ।
होल्टम्यानले आइएफसी सधैँ निजी क्षेत्रको विकासको साझेदार र विश्वभरको आर्थिक वृद्धि र दिगोपन प्रवद्र्धन गर्न पनि साझेदार भएको बताउनुभयो । उहाँले नेपालमा दिगो आर्थिक विकासका लागि महासंघसँग साझेदारी गर्न पाउँदा आफू खुसी भएको पनि बताउनुभयो । गत वर्ष आइएफसी र महासंघले संयुक्तरूपमा पहिलोपटक नेपालको अर्थतन्त्र र रोजगारीमा निजी क्षेत्रको भूमिका विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच