काठमाडौं । ताप्लेजुङको सिरिजंगा र सिदिङ्वा गाउँपालिकास्थित २८.१ मेगावाटको माथिल्लो काबेली जलविद्युत् आयोजनाका लागि ऋण लगानी जुटेको छ । पीस इनर्जी कम्पनी प्रालि र टेस्ला हाइड्रो युएसले निर्माण गर्ने आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा चार बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् ।
आयोजनाको प्रवद्र्धक कम्पनी र बैंकबीच हालै ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको छ । कुल पाँच अर्ब ६४ करोड ६९ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंकहरूले चार अर्ब २३ करोड ५० लाख रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ । जुन बैंक तथा वित्तीय संस्थाबाट हुने ऋण कुल लगानीको ७५ प्रतिशत हो ।
माछापुच्छ्रेले एक अर्ब ४८ करोड ५० लाख रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले एक अर्ब, लक्ष्मी सनराइज बैंकले ७५ करोड र राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब गरी कुल चार अर्ब २३ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछन् ।
प्रवद्र्धक कम्पनीले स्वपुँजीबापतको एक अर्ब ४१ करोड १९ लाख रुपैयाँ अर्थात् २५ प्रतिशत लगानी गर्नेछ । स्वपुँजी लगानी संरचना पूरा गर्न आयोजना प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा गएका नेपाली र सर्वसाधारणमा सेयर निष्कासन गरी पूरा गरिने कम्पनीले जनाएको छ ।
आयोजनामा पीस इनर्जीको सरोकारवाला टेस्ला हाइड्रो इनर्जीले अमेरिकामा बसोबास गर्दै आएका गैरआवासीय नेपाली व्यवसायी, उद्यमीमार्फत्को लगानी ल्याउने कम्पनीका कार्यकारी अध्यक्ष मदनकुमार उप्रेतीले बताउनुभएको छ ।
पीस इनर्जीमा टेस्ला हाइड्रोको ७५ प्रतिशत सेयर स्वामित्व छ । टेस्ला हाइड्रोमार्फत् आयोजनामा हुने सात सय ८० मिलियन अमेरिकी डलर बराबरको प्रत्यक्ष वैदेशिक लगानीले ऊर्जाको दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्ने उप्रेतीको भनाइ छ ।
इन्फ्राप्रो कन्स्ट्रक्सन प्रालिलाई सिभिल संरचना निर्माणको ठेक्का दिइएको आयोजनामा हाल आवासगृह, पहुँच सडक तथा विद्युत् पहुँच पु¥याउने पूर्वतयारीको काम भइसकेको छ । आयोजना ३० महिनाभित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच