काठमाडौं । बहुराष्ट्रिय र आयातित पेय पदार्थको हालीमुहाली चल्दै आएकोमा स्वदेशमै उपलब्ध मोहीको बजारीकरण सुरु भएको छ । बजारका रसायनयुक्त अनेकौं जुस तथा पेय पदार्थका कारण स्वास्थ्य जोखिम बढिरहेका बेला नेपाली डेरी उद्योगीले मोहीको ब्राण्डिङ र बोटलिङसहित व्यावसायिक उत्पादन सुरु गरेका हुन् । वैकल्पिक पेय पदार्थको खोजीमा रहेका उपभोक्ताका लागि स्वस्थकर पनि भएकाले मोही उत्तम विकल्प हुनसक्ने देखिएको छ । किनभने बजारमा पाइने जुसलगायत विभिन्न पेय पदार्थको तुलनामा मोही सस्तो पनि रहेको छ ।
त्यसो त सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डिडिसी)ले पनि विगत केही वर्षदेखि मोही उत्पादन गर्दै आएको छ । तर, बजारीकरण र विविधीकरण गर्न नसक्दा आमउपभोक्ताको पहुँचमा छैन ।
नेपाल डेरी एसोसिएसनले विगत डेढ वर्षदेखि नै मोही बजारीकरणका लागि पहल गर्दै आएकोमा कपिलवस्तुको ग्लोबल डेरी प्रालिले मोहीको ब्राण्डिङसहित व्यावसायिक उत्पादन सुरु गरेको हो । ग्लोबलले डेरीले बुद्धभूमि नाम दिएर नयाँ वर्ष २०८१ वैशाख १ गतेदेखि बजारमा ल्याएको मोही हाल कपिलवस्तु र आसपास र दाङमा पनि बिक्री भइरहेको छ । पाँचदेखि सात दिनसम्म उपभोग गर्न सकिने मोही अन्य दूध तथा दुग्धजन्य पदार्थ जस्तै चिसो तापक्रममा राख्नुपर्ने भएकाले बजारीकरण चुनौतीपूर्ण देखिए पनि ग्लोबल डेरीले मोही ब्राण्डिङ गरी नयाँ सुरुवात गरेको छ ।
सन् २००० को डिसेम्बरमा ढाकामा सम्पन्न एक स्वास्थ्य सम्मेलनमा विश्व प्रसिद्ध किताब ‘डाक्टर नभएमा’ का लेखक डा. डेभिड बर्नरले बालबालिकालाई पखाला लाग्दा दिइने अत्यन्त राम्रो औषधि दही र भात भन्नुभएको थियो ।
नेपाल डेरी एसोसिएसन लुम्बिनीका अध्यक्ष तथा ग्लोबल डेरीका सञ्चालक थानेश्वर न्यौपानेले वैशाख १ गतेदेखि मोहीको व्यावसायिक उत्पादन सुरु गरेको जानकारी गराउँदै राम्रो प्रतिक्रिया प्राप्त भइरहेको बताउनुभयो । उहाँले हाल दैनिक आठ सयदेखि एक हजार लिटर मोही बिक्री हुँदै आएको जानकारी दिनुभयो । प्रतिलिटर मोहीको थोक मूल्य ४० रुपैयाँ र उपभोक्ता मूल्य ५० रुपैयाँ रहेको छ ।
ग्लोबल डेरीका सञ्चालक न्यौपानेले हिमालय टाइम्ससँग भन्नुभयो, ‘मोही कोक, फेन्टा र स्पाइटलगायतका पेय पदार्थको विकल्पमा प्रयोग गर्न सकिने भएकाले हामीले मोही बजार पठाएको छोटो समयमै राम्रो प्रतिक्रिया पाइरहेका छौँ । हाल बजारमा ६० देखि ८० रुपैयाँमा मोही बिक्री हुँदै आएको भए पनि हामीले सिधै पसलहरूमा दिने भएकाले डिलरलगायतको शुल्क नलाग्ने हुँदा ५० रुपैयाँमै बिक्री गर्न सम्भव भएको हो ।’
विभिन्न १० फ्लेवर
आगामी दिनमा विभिन्न १० प्रकारका फ्लेवरमा मोही ल्याउने तयारी रहेको न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सुरुवात भएकाले एकथरी मोहीमात्रै ल्याएका हौँ । निकट भविष्यमै विभिन्न मसालेदार स्वादमा १० भेराइटीमा ल्याउने तयारी छ । हाल एक लिटर प्याकेजिङमा रहेकोमा दुर्ई सय मिलिलिटिरदेखि १० लिटरसम्म प्याकेजिङमा ल्याउँछौँ । होटल, रेष्टुरेन्ट र ग्राहक लक्षित परिमाण र प्याकेजिङमा आउनेछ ।’ ग्लोबल डेरीको मुख्य उत्पादन छुर्पी भए पनि दूध, दही, मोही, घिउ, पनिरलगायत पनि उत्पादन गर्दै आएको छ ।
नेपाल डेरी एसोसिएसन अध्यक्ष प्रहृलाद दाहाल पेय पदार्थका रूपमा मोही प्रयोग गर्दा स्वदेशी वस्तु उपभोग बढ्ने र स्वास्थ्यलाई पनि फाइदा पुग्ने बताउनुहुन्छ । उहाँका अनुसार एसोसिएसनले विगत पाँच वर्षअघि नै मोही प्रवद्र्धन अभियान सुरु गरेको भए पनि पछिल्ला अभियान भने सार्थक बन्दै गएका छन् । अभियानकै कारण धेरैले खाजा तथा खानामा दूध, दही, मोहीलगायत पनि समावेश गर्न थालेको उहाँ बताउनुहुन्छ । एसोसिएसनले काठमाडौंको दरबारमार्गमा हरेक शनिबार निःशुल्करूपमा मोही सेवन गराउँदै आएको छ । अभियानकै क्रममा पोखरामा डेरी उद्यमी ज्ञानेन्द्र बजगाईंले पनि मोहीको व्यावसायिक उत्पादन सुरु गर्नुभएको छ ।
मोहीको महिमा
दूध तथा दुग्धजन्य पदार्थ खासगरी दूध, दही, घिउको सामाजिकमात्रै नभई धार्मिक र सांस्कृतिक महŒव पनि छ । देवता र पितृले समेत मनपराउने परिकार हो, दूध तथा दुग्धजन्य पदार्थ । पञ्चामृतका लागि दही दूध नभई हुँदैन । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने क्रममा दहीमा अक्षता मुछेर टीका लगाउने परम्परा छ ।
सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । बाहिर निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको बताइन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । पखाला लागेका बेला दहीचिउरा खाएमा औषधिको काम गर्छ । दही, चिउराले नेपाली संस्कृतिमा बृहत् रूप लिएको छ ।
त्यस्तै मोहीको महत्वबारेमा योग रत्नाकर ग्रन्थमा उल्लेख छ, ‘यदि कैलाशमा मोही (छाछ वा मठ्ठा) हुँदो हो त शिवजीको कण्ठ विष रोक्दा नीलो हुँदैनथ्यो, बैकुण्ठमा मोही हुँदो हो त विष्णुको शरीर कालो हुँदैनथ्यो, देवराज इन्द्र सौन्दर्यविहीन हुँदैनथे, गणेशजीको पेट त्यति ठूलो हुँदैनथ्यो होला ।’ त्यस्तै आयुर्वेदको एक ग्रन्थमा लेखिएको छ, ‘मोहीको नियमित सेवन गर्ने व्यक्ति रोगी हुँदैन । जसरी स्वर्गमा देवताका लागि अमृत छ, त्यसैगरी मनुष्यका लागि मोहीको प्रयोग सुखदायी हुन्छ ।’ आयुुर्वेदिक विज्ञानका साथै आधुनिक विज्ञानमा पनि दहीको महत्वबारेमा स्पष्ट व्याख्या गरिएको छ । सन् २००० को डिसेम्बरमा ढाकामा सम्पन्न स्वास्थ्यसम्बन्धी एक सम्मेलनमा विश्व प्रसिद्ध किताब ‘डाक्टर नभएमा’का लेखक डा. डेभिड बर्नरले समेत दहीको महत्व उजागर गर्नुभएको बताइएको छ । सो अवसरमा उहाँले बालबालिकालाई पखाला लाग्दा दिइने अत्यन्त राम्रो औषधि दही र भात भन्नुभएको थियो ।
पोषणविद् लिलबहादुर नेपालीका अनुसार दहीबाट मोही बनाउने क्रममा मोहीमा एक प्रकारको ब्याक्टेरिया पैदा हुन्छ, जसले पाचन प्रक्रिया चुस्त राख्न सहयोग गर्छ । मोहीले शरीरमा रगतको कमी, पानीको कमी तथा कमजोरी हुनबाट जोगाउँछ । भोक नजाग्ने व्यक्तिले मोही खाएमा फाइदा पुग्छ । मोहीमा क्याल्सियम, माइक्रो प्रोटिन (सूक्ष्म पोषण तत्व) र प्रोबायोटिक पाइन्छ । प्रोबायोटिक सूक्ष्म जीवाणु हो, जसले हाम्रो शरीरभित्रका सूक्ष्म जीवाणुले राम्ररी काम गर्न नसकेको अवस्थामा बाहिरी खाद्य पदार्थमार्फत् शरीरमा गएर सूक्ष्म जीवाणुलाई राम्ररी काम गर्न सहयोग गर्छ र पाचन प्रणाली सक्रिय बनाउँछ । मोहीमा क्याल्सियम अधिकमात्रामा पाइने भएका कारण हड्डी विकासमा सहयोग पुग्छ तर मोेही बेलुकाभन्दा पनि बिहान र दिउँसो खाँदा प्रभावकारी मानिन्छ । सकेसम्म खाली पेटमा खानुहुँदैन ।
मोहीले निन्द्रा नलाग्ने समस्याका साथै आन्द्रा र पेटसम्बन्धी रोगको जोखिम न्यून गराउँछ । मोही सेवनले झाडापखाला, कब्जियत र पायल्सको समस्या स्वतः समाधान हुन्छ । मुटुको रोग, उच्च रक्तचाप नियन्त्रणका साथै कोलेस्टेरोल र मुटुसम्बन्धी समस्यामा पनि मोही लाभदायी हुन्छ ।
डा. अरुणा उप्रेतीका अनुसार दही मोही सेवनले मानव शरीरमा रहेका विभिन्न विषालु तत्व निकालेर स्वस्थ बनाउन ठूलो भूमिका खेल्छ । दूध खान मन नलाग्ने, दूध नपच्ने वयस्क वा बालबालिकाका लागि दही, मोही उत्तम विकल्प हो । कतिपय व्यक्तिलाई एन्टिबायोटिकको प्रयोग गर्दा पखाला लाग्ने गर्छ । दही पखाला रोक्नुका साथै कब्जियत खुलाउन पनि उपयोगी हुन्छ । कतिपय अनुसन्धानले दहीमा रहेका लाभदायक किटाणुले क्यान्सर उत्पन्न गर्ने किटाणुको सक्रियता घटाउने देखाएका छन् ।
छालाजन्य समस्यामा पनि उपयोगी
चिकित्सकहरूका अनुसार आन्तरिक उपयोगमात्रै नभई दही मोहीको बाहृय उपयोग पनि हुने गरेको छ । छाला राम्रो बनाउन दही वा मोही, बेसन र बेसार मिसाएर लगाउने चलन छ । जसले छाला नरम र चिल्लो बनाउँछ । घरेलु औषधिका रूपमा दही, मोहीलाई कपालको चाया हटाउन पनि प्रयोग गरिन्छ । दही र कागतीको मिश्रण बनाएर दुर्ई घण्टापछि कपालमा लगाउनाले चाया न्यूनीकरणका साथै कपाल चम्किलो हुनुका साथै कपाल झर्नसमेत रोक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच