बालुवाटारमा आठ दलीय गठबन्धनको बैठक बस्दै

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्तारुढ आठ दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे गठबन्धनको बैठक बस्न लागेको हो ।

पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ।

राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा आजको बैठकमा छलफल हुनेछ।

राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदैछ। राष्ट्रपतिका लागि कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?