मनमोहन मेमोरियल यु १६ राष्ट्रिय क्रिकेट माघ २८ देखि

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मनमोहन मेमोरियल यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिइएको हो । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा माघ २८ गतेदेखि फागुन ७ गतेसम्म पोखराको क्रिकेट रंगशालामा खेल हुनेछन् । मनमोहन मेमोरियल क्रिकेट सेन्टरले यसअघि दुई पटक खेल आयोजना गरिसकेको छ ।

यसवर्ष मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजना र नेपाल क्रिकेट संघ –क्यान) को समन्वयमा तेश्रो संस्करणको खेल हुन लागेको हो । उद्घाटन खेल गण्डकी र कर्णाली प्रदेशबीच बिहान ९ बजेबाट शुरु हुने सेन्टर अध्यक्ष ठाकुर गैरेले बताउनु भयो । नेपाल क्रिकेट संघ –क्यान) को वार्षिक क्यालेण्डर अनुसारको यस प्रतियोगितामा सात वटा प्रदेशबाट १/१ र आयोजक मनमोहन मेमोरियलको १ गरी जम्मा ८ वटा टिम सहभागी हुनेछन् । २५ ओभरका १५ खेलहरु ९१२ लिग, २ सेमीफाइनल र १ फाइनल सञ्चालन हुनेछन् । प्रत्येक प्रदेशबाट १४ खेलाडी र २ टिम व्यवस्थापकसहित १६ जना गरी जम्मा १२८ खेलाडी सहभागी हुनेपनि अध्यक्ष ठाकुरले बताउनु भयो ।

लिग कम नकआउट अन्तर्गत हुने प्रतियोगिताको समूह क मा कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेश छन् भने समूह ख मा मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल रहेका छन् । विजेता टिमले १ लाख नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमले ५० हजार नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र प्रस्कार पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट बलर र म्यान अफ द म्याचलाई खेल सामग्रीसहित नगद पुरस्कार प्रदान गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?