कोशी प्रदेशमा एमालेको सरकार बन्छ : ओली

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेकै सरकार बन्ने दाबी गर्नुभएको छ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको हो ।

५० जना सांसदको समर्थनमा एमालेले कोशी प्रदेशमा सरकार बनाउने उहाँको दाबी छ ।

कोशी प्रदेशमा संविधान मान्ने र लोकतान्त्रिक भनिने कांग्रेसले गैरसंविधानिक काम गर्दा आफू अचम्ममा परेको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?