नेपाली राजनीतिमा दलहरूमा जुटफुटका विभिन्न शृंखला छन् । स्वार्थ मिल्दा लपक्कै हुने, स्वार्थ नमिल्दा एकअर्कालाई सत्तोसराप गर्ने चलन छ । टुटफुटको शृंखलामा पछिल्लो घटनाक्रमा जनता समाजवादी पार्टी (जसपा) देखिएको छ । सत्ताका लागि मिलाप र स्वार्थका लागि विभाजित हुने नेपाली राजनीतिमा पुरानै रोग हो । सत्ता स्वार्थ नै मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि विभाजित भएको छ ।
दलहरूमा टुटफुट आइरहनु लोकतन्त्रका लागि दुःख हो । पार्टी विभाजित हुनुभनेको लोकतन्त्र कमजोर हुनु हो । यतातर्फ राजनीतिक दलहरूले गम्भीर भएर सोचेको पाइँदैन । जसपा पार्टी अध्यक्ष उपेन्द्र यादव नेपालबाहिर भएको अवस्थामा दरार आएको हो । अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन भएपछि राजनीतिमा नयाँ तरंग पैदा भएको छ । राईले नेतृत्व गरेको पार्टीको नाम जसपा छ । तर, यो पार्टीले निर्वाचन आयोगबाट संवैधानिक तथा कानुनी वैधता पाउँछ वा पाउँदैन बाँकी छ । जसपा नेपालमा १२ जना सांसद थिए । तीमध्ये सातजना राई नेतृत्वको जसपामा छन् । जसपा नेपालका अध्यक्ष यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री हुुनुहुन्छ । उहाँ पटक–पटक मन्त्री भइरहनु भएको छ ।
विभाजनमा खासै सैद्धान्तिक तथा वैचारिक मतभेद देखिँदैन । आखिरमा किन र के का लागि जसपा नेपाल फुट्यो ? यो प्रश्नको जवाफ अशोक राईले दिनुपर्छ । हुन त जसपा नेपाल विभाजित हुनु नौलो विषय होइन ।
मधेस केन्द्रित दलहरू सत्ता स्वार्थका लागि जे गर्न तयार हुन्छन् भन्ने आरोप लाग्दै आएको छ । विसं २०६२/०६३ सालको परिवर्तनपछि सबैभन्दा बढी मधेस केन्द्रित दलहरू विभाजन देखिएको छ । फुटको चरित्र हेर्दा सत्ता स्वार्थमै केन्द्रित देखिन्छ । यी दलले मधेसका जनतालाई पटक–पटक धोका दिएका छन् । जसपा नेपाल किन विभाजित भयो ? विस्तारै खुल्दै जाला । तर विश्लेषण छ, सत्ता स्वार्थ नै अरू कारण छैन । विभाजनमा खासै सैद्धान्तिक तथा वैचारिक मतभेद देखिँदैन । आखिरमा किन र के का लागि जसपा नेपाल फुट्यो ? यो प्रश्नको जवाफ अशोक राईले दिनुपर्छ । हुन त जसपा नेपाल विभाजित हुनु नौलो विषय होइन । यो पार्टी फुट्दै-जुट्दै आएको हो । पार्टी स्थापनादेखि हालसम्म यादव निरन्तर अध्यक्ष छन् । पार्टीभित्र आन्तरिक लोकतन्त्र नभए जस्तो देखिन्छ । मधेसी दलमात्रै होइन कम्युनिष्ट पार्टीहरू पनि धेरैपटक फुटेका छन् । फुटेर बनेका पार्टीहरू शक्तिशाली बन्न सकेका छैनन् । नेपाली कांग्रेस पनि पहिलोपटक मात्रिकाप्रसाद कोइरालाको नेतृत्वमा फुटेको थियो र पछि दोस्रो पटक शेरबहादुर देउवाको नेतृत्वमा विभाजन भएको थियो । तर, उनीहरू दुवैले पार्टी अघि बढाउन सकेनन् ।
नेपालको राजनीतिक दल बारम्बार फुटेको देखिन्छन् । लेनदेनको कुरा नमिलेपछि पार्टीहरू फुट्छन्, लेनदेन मिल्दा फेरि मिल्छन् । यो त जनतालाई उल्लु बनाउने खेल हो । विभाजित भएको तिनका कार्यकर्ता, समर्थक र मतदातालाई मन पर्दैन । दल विभाजित हुँदा उनीहरू निराश हुन्छन् । नेतालाई गाली गर्छन् । आफूले समर्थन गरेको दल विभाजित हुँदा सबैलाई दुःख लानु स्वभाविक हो । जसपा नेपालका कार्यकर्ता त्यति खुशी देखिँदैनन् । मधेसी शक्ति भनेर लोकप्रिय जसपाले आफूलाई राष्ट्रिय पार्टी भने पनि जनाधार मधेस नै हो । मधेसी शक्ति संगठित हुँदा मधेसको मनमा भरोसाको पालुवा पलाउँछ । शक्ति विभाजित हुँदा मधेसको मन फाट्छ ।
पार्टी विभाजन अध्यक्ष यादवको राजनीतिक जीवनमा नयाँ घटना भने होइन, बरू नियमित आकस्मिकता हो । एक-दुई वर्षको अन्तरालमा विभाजित भइरहेको हुन्छ । हालको घटना पछिल्लो सन्दर्भमात्रै हो । तत्कालीन एनजीओ ‘मधेसी जनअधिकार फोरम’ २०६४ वैशाखमा पार्टीका रूपमा स्थापित भएको थियो । तर पार्टीलाई लामो समयसम्म एकीकृत राख्न सकेको देखिँदैन । भाग्यनाथ गुप्ता, किशोर विश्वास, अमर यादव, विजयकुमार गच्छदार, जेपी गुप्ता, सरिता गिरी, महन्थ ठाकुर, डा.बाबुराम भट्टराई, अशोक राई जस्ता नेता र ती नेताको नेतृत्वमा रहेका समूहको लामो सूची बन्छ, जसले यादवसँग मिल्ने/छुट्टिने निर्णय लिएका छन् । अवश्य यादव नेतृत्वको पार्टीमा भित्रिनेहरू पनि नभएका होइनन्, तर एकताबाट प्राप्त लाभभन्दा विभाजनबाट पुगेको क्षति उनका निम्ति उल्लेखनीय छ ।
नेपाली राजनीतिमा दलहरूमा जुटफुटका विभिन्न शृंखला छन् । स्वार्थ मिल्दा लपक्कै हुने, स्वार्थ नमिल्दा एकअर्कालाई सत्तोसराप गर्ने चलन छ । टुटफुटको शृंखलामा पछिल्लो घटनाक्रमा जनता समाजवादी पार्टी (जसपा) देखिएको छ । सत्ताका लागि मिलाप र स्वार्थका लागि विभाजित हुने नेपाली राजनीतिमा पुरानै रोग हो ।
दलमा निष्ठाको राजनीति छैन । दलहरूले नीति, शिद्धान्त र विचार सबै बिर्सिएका छन् । राजनीतिका नाममा जनतालाई ठग्ने काम मात्र भएको छ । नेताहरू बेइमान भए, आफनो स्वार्थबाहेक अरू केही हेरेनन् । एमालेबाट फुटेर नेकपा (एकीकृत समाजवादी) पनि कुनै नीति, शिद्धान्त र विचार नमिलेर फुटेको होइन, नेतृत्वको हानथापले । फुटको पछि जनता लाग्दैनन् भन्ने यो ज्वलन्त उदाहरण हो । नेकपा एकीकृत समाजवादीका पक्षमा त्यति धेरै जनमत छैन । यी दुवै दलको विचारधारा एउटै हो, माक्र्सवाद-लेनिनवाद र जनताको बहुदलीय जनवाद । नीति, शिद्धान्त र एउटै भएपछि किन फुटनु परेको होला ? जनतालाई अलमलाएर राजनीति गर्ने बेला सकियो । लोकतन्त्रमा दलहरू ब्लियो बलियो बन्नुपर्छ । पछिल्लो समय जसपा नेपाल विभाजित हुनुभनेको विरोधीलाई खुशी पार्नुमात्रै हो ।
पार्टीभित्र विवाद होस् र पार्टी फुटोस् भन्र्ने कसैको चाहना होइन । पार्टीहरू बलिया होऊन भन्ने हो । पार्टी, कार्यकर्ता र समर्थकको शुभेच्छा पनि नेताहरू मिलिदिए हुन्थ्यो, नटुक्रिए हुन्थ्यो भन्नेमा हुन्छ । राजनीति दल र तिनका नेताहरू केका लागि विवाद गर्छन, केका लागि मिल्छन ? थाहा छैन वा चासो छैन । लोकतान्त्रिक दलमा गुटहरू रहनुलाई अस्वाभाविक मानिँदैन । संस्थापनलाई सैद्धान्तिक विचलन र स्वेच्छाचारीबाट रोक्न हरेक पार्टीमा वैकल्पिक धारको आवश्यक छ । पदहरूको खरिद–बिक्रीले दलहरूमा डन, व्यापारीहरूको प्रवेश र आधिपत्य बढ्दै छ । यसबाट पार्टीहरू बच्नुपर्दछ । लोकतान्त्रिक प्रणालीका जीवनआधार दलहरू नै हुन् । यिनको अनुपस्थितिमा लोकतन्त्रले श्वास फेर्दैन । समाजलाई अशिक्षा, अभाव र अन्धविश्वासको भुमरीबाट मुक्त गर्दै मुलुकलाई समृद्ध बनाउने भनेकै राजनीतिक दलहरूले हो ।
सत्ता र कुर्सी भए नेताहरूलाई पुग्यो । भ्रष्टाचारका शृंखला रोक्ने विषयमा कसैको चासो छैन । नेताहरू पदीय भागबण्डा र राज्यस्रोत माथिको दोहनमा लागिपरेका छन् । मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । सत्तारुढ दलहरू राज्यको ढुकुटी सिध्याउन व्यस्त छन् । मुलुकको चिन्ता भए पार्टीहरू फुटने थिएनन् । पुराना पार्टीहरू मक्किदै गएका छन् भने नयाँ भन्नेहरूको हविगत पनि छर्लङ हुँदैछ । नेपालको लोकतान्त्रिक आन्दोलनको मियो प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस इतिहासकै कठिन मोडमा छ । उसले प्रमुख प्रतिपक्षको भूमिकासमेत निर्वाह गर्न सकिरहेको छैन । हरेक राजनीतिक दलमा आस्था र निष्ठा स्खलित भएको छ । धन र बलसँग जोडिएका दलको ध्येय सत्ता स्वार्थभन्दा अरू केही छैन । सिद्धान्त, विधि र पद्धतिलाई तिलाञ्जलि दिइसकेका छन् । हरेक पार्टीमा आ-आफ्ना गुट हावी छन् ।
नेपाल आमालाई कहिलेसम्म यो अवस्थामा राखिरहने जागौं, सोचौं, जुटौं आफूलाई सचेत भन्नेहरू । कहिलेसम्म टुलुटुलु हेरेर बसिरहने ? सरकारको ध्यान विकास निर्माणमा भन्दा पार्टीलाई फुटाएर भए पनि कुुर्सी जोगाउने र मन्त्री फेर्नतिर छ । मिलिभगतमा राज्य दोहनको अधिकार कहिलेसम्म ? अलिकति देशको माया छ भने आ-आफ्नो ठाउँबाट खबरदारी गरौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच