काठमाडौं । साविक विजेता एपिएफ क्लवले आईतवार ललितपुर मेयर्स कप राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेटमा सुखद् शुरुवात गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशमाथि २४ रनको जित निकाल्दै सुखद् शुरुवात गरेको हो । आईतवारकै पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले पनि ललितपुर मेयर–११ लाई डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा १६ रनले हराउँदै सुखद् शुरुवात गरेको थियो । दोस्रो खेलमा ललितपुर मेयर–११ को पहिलो हार हो ।
यसअघि उद्घाटन खेलमा ललितपुर मेयर–११ ले बागमती प्रदेशमाथि सहज जित निकालेको थियो । दोस्रो खेलमा वर्षाका कारण खेल पाँच ओभरमा छोट्याइएको थियो । पाँच ओभरमा एपिएफले दिएको ५७ रनको लक्ष्य पछ्याएको कोशीले पाँच ओभर नै खेले पनि दुई विकेटको क्षतिमा ३२ रन मात्र बनाउन सक्यो ।
कोशीकी कप्तान अप्सरी बेगम २५ रनमा अविजित रहे पनि जित दिलाउन असफल भइन् । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । एपिएफकी कप्तान सीता रानामगरले एक विकेट लिइन् । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले तीन विकेट गुमाउँदै ५६ रनको चुनौतिपूर्ण योगफल तयार पा-यो । इन्दु बर्माले १५ बलमा ३८ रनको योगदान गरिन् । उनको इनिङमा पाँच चौका र दुई छक्का रह्यो । खराब शुरुवात गरेको एपिएफका लागि इन्दुबाहेक अन्य ब्याटर चल्नै सकेनन् । कोशीको बलिङमा एलिसा खडिया र हिरणमयी रोयले समान एक विकेट लिए । दुई ओभर बलिङ गरेकी सबनम राई महँगा सावित भइन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच