नीति तथा कार्यक्रममा देशका लागि आवश्यक मूल कुरा समेटिएका छन् : अर्थमन्त्री महत

Read Time = 2 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यक्तालाई सम्बोधन हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दावी गर्नु भएको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उहाँले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनु भएको हो ।

काँग्रेस प्रवक्ता समेत रहनु भएका उहाँले सो नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानका लागि दिनरात नभनि सरकारले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । कार्यान्वयनका लागि आवश्यक क्षमता बढाउने र इमान्दारिताका साथ त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागिपर्ने उहाँको भनाई थियो ।

मन्त्री महतले भन्नु भयो, ‘नयाँ भनेर कुनै आविष्कार गर्ने कुरा होइन । मूल कुरा जे आवश्यक्ता छ देशका लागि, ती कुराहरु सरकारको नीति तथा कार्यक्रममा आएका छन् । मैले फेरी पनि भने–कार्यान्वयन गर्ने हाम्रो क्षमता बढाउनु प¥यो । इमान्दार हुनुप-यो । रातदिन काम गर्नु प¥यो । त्यो काममा हामी लाग्छौं । त्यसो भएपछि परिणाम आउन थाल्दछ । गर्ने कुरा यिनै हुन । गरिएको कुरा पूरा गर्नु प-र्यो, गर्छौं ।’

मन्त्री महतले सरकारको नीति तथा कार्यक्रम नयाँ आविष्कारको विषय नभएको र त्यसलाई त्यसरुपमा बुझन नहुने पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?