काठमाडौं । टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ आगामी असार १४ गतेदेखि प्रसारणमा आउने भएको छ । बिक्की अग्रवाल र श्रृद्धा प्रसाईंले निर्देशन गर्ने यो शो प्राइभ टाइम टेलिभिजनमा प्रत्येक शुक्रबार ९ बजे र ओएसआर डिजिटल बाट प्रसारण हुने बताइएको छ ।
आइतबार फष्टलुक टिजर सार्वजनिक गरिएको थियो । जसमा कमेडी दरबारका कलाकारहरूको लुक्स देखाइको छ । कार्यक्रममा चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला, कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, प्राइम टाइम टेलिभिजनका ऋषि धमलालगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा प्राइम टाइम टेलिभिजनका सिईओ विकाश लामिछाने, प्रबन्ध निर्देशक एलिना गौतम, ओएसआर डिजिटलका ओम अग्रवाल, सुमित्रा थापाको पनि उपस्थिती थियो ।
कमेडी दरबारका कलाकार मध्येकी एक अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा देखिँदै हुनुहुन्छ । कार्यक्रममा अभिनेता विजय बराल, अभिनेत्री नम्रता सापकोटा, नम्रता श्रेष्ठ, पवित्रा शाकी (मिस पवि)सँगै कमेडीयन हिमेश पन्त, पवन खतिवडा, उत्सव सापकोटा, सुन्दर खनाललगायतले आफ्नो भूमिका बारे जानकारी गराउनुभएको थियो ।
शोको आर्टिष्ट म्यानेजमेन्ट तथा मिडिया संयोजनको भूमिकामा गोपिकृष्ण चापागाईं रहनुभएको छ । शोको क्रिएटिभ प्रमुखमा विकाश अर्याल हुनुहुन्छ भने प्रोडक्सनमा आयुष लुइँटेल रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच