काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा ‘नेपाल एक्स्पो २०२४’ सम्पन्न भएको छ । नेपाललाई विदेशीहरूमाझ चिनाउने र आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले मेलबर्नमा नेपाल एक्स्पो आयोजना गरिएको हो ।
नेप्को इन्टरटेनमेन्ट र एफएनसिएसआई नेपालले आयोजना गरेको कार्यक्रममा एफएनसिएसआई नेपाल, महालक्ष्मी महिला उद्यमी सञ्जाल, महालक्ष्मी महिला उद्यमी सञ्जाल, लायन्स क्लब अफ काठमाडौं देवालय र लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जेको सहभागिता थियो । कार्यक्रमको नारा ‘एक्सपिरियन्स नेपाल अन ए प्लेटः जहाँ फ्लेभर मिट्स ट्रेडिसन’ रहेको थियो ।
कार्यक्रममा नेपाली महिला उद्यमीलाई प्रोत्साहन गर्नुका साथै विश्वव्यापीरूपमा उठिरहेका विश्व वातावरण र स्वास्थ्यजस्ता संवेदनशील विषय ध्यानमा राखी परम्परागत हस्तकलामा वातावरणमैत्री सामग्रीको प्रचुरमात्रामा उपयोग गरी निरन्तरता दिने उद्देश्य पनि राखिएको थियो । एक्स्पोमा राखिएका नेपाली उत्पादन हेर्न पाँच सयभन्दा बढी स्वदेशी तथा विदेशीको उपस्थिति थियो । नेपाल प्राकृतिक र सांस्कृतिक विविधताका कारण विश्वको पर्यटन हब बनेको कार्यक्रममा सहभागीहरूले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच