
पुरन साह/हिटा
जनकपुरधाम । जसपा नेपाल नेतृत्वको मधेश प्रदेश सरकार अल्पमतमा परेकोे छ । सत्तारूढ दल नेकपा माओवादी केन्द्र र एमालेले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने भएसँगै सरोजकुमार यादवको मुख्यमन्त्री पद संकटमा परेको हो । जसअनुसार माओवादी केन्द्र र एमालेका मन्त्रीले राजीनामा दिइसकेका छन् । माओवादीबाट उद्योगमन्त्री बनेका युवराज भट्टराई (समीर)ले केन्द्रको निर्देशनअनुसार पार्टी सरकारबाट बाहिरिएको र सोहीअनुसार आइतबार आफूसहित दुई मन्त्रीले राजीनामा दिएको बताउनभुयो ।
यस्तै, सरकारबाट बाहिरिएको एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मधेश प्रदेश सरकारको सत्तारूढ दल माओवादी र एमालेले संयुक्त रूपमा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । यही वैशाखको पहिलो साता नयाँ समीकरणअनुसार लिइएको विश्वासको मतमा मुख्यमन्त्री यादवलाई ६१ जना प्रदेश सांसदले समर्थन जनाएका थिए । माओवादी र एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि माओवादीका नौ र एमालेका २४ सांसदको समर्थन फिर्ता हुन जान्छ । अर्थात् यो दुईवटै दलको ३३ जना प्रदेश सांसद सरकारबाट समर्थन फिर्ता लिन्छन् । यद्यपि, सरकार चलाउन ५४ जना प्रदेश सांसदको समर्थन चाहिन्छ । त्यसकारण यी दुईवटै दल समर्थन फिर्ता लिँदा अंकगणितीय कारणले सरकार अल्पमतमा पर्न जान्छ ।
मधेशमा नयाँ सत्ता समीकरण बनाउने चार दलको सहमति
मधेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ । चार दलबीच नयाँ समीकरण बनाउने सहमति भएपछि एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकार छाडेका छन् । एमाले माओवादीले सरकार छाड्नुअघि चार दलका नेताहरूको बैठकमा नयाँ सत्ता समीकरणबारे छलफल भएको बैठकमा सहभागी एक सांसदले बताए ।
बैठकपछि एमाले संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी दलका नेता भरतप्रसाद साह, जनमतका नेता महेशप्रसाद यादव, लोसपाका दलका उपनेता उपेन्द्र महतो, एमाले सचेतक हरिनारायण महतो, लोसपा सांसद रानी शर्मा तिवारी, माओवादीका नेता युवराज भट्टराईको सामूहिक तस्वीर पनि सार्वजनिक भएको छ ।
सरकार छाड्ने तयारीमा उपेन्द्र
जसपा नेपाल अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकार छाड्ने र समर्थन फिर्ता लिने तयारी गर्नुभएको छ । आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेपछि यादव सरकार छाड्ने मनस्थितिमा पुग्नुभएको हो ।
अघिल्लो साता जसपा नेपाल विभाजनसँगै अशोक राई पक्षसमेत प्रचण्ड सरकारमै छ । आइतबार बिहान यादवले प्रधानमन्त्री सँगको भेटमा सरकार छाड्ने चेतावनी दिनुभएको थियो ।
‘उहाँले अहिले सँगै जाने परिस्थिति छैन, म पार्टी विभाजनमा भएको षड्यन्त्रविरुद्ध अदालतमा जान्छु भन्नुभयो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘परिस्थितिको बारेमा कुरा राख्ने सिलसिला चल्यो । उहाँले अब सरकार छाड्नुहुन्छ भन्ने बुझेका छौँ ।’
यादवले सोमबार राजधानीमा बस्नेगरी पार्टीको कार्यकारिणी बैठक डाक्नुभएको छ । एक नेताका अनुसार पार्टी कार्यकारिणी सदस्यहरू काठमाडौैं आउने क्रम जारी छ ।
अध्यक्षले आफूहरूलाई विकसित परिस्थितिबारे टेलिफोनमा ब्रिफिङ गरिसकेको एक नेताले सुनाए । पुनगठित प्रचण्ड सरकारमा उहाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने गरी उपप्रधानमन्त्री हुनुहुन्छ ।
लुम्बिनीका दुई सांसदले गरे अशोकको पक्षमा सनाखत
लुम्बिनी प्रदेश सभाका दुई सांसद नवगठित जनता समाजवादी पार्टीमा खुलेका छन् । प्रदेशसभा सदस्यहरू आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिर (यादव)ले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गर्नुभएको हो । दुवैजना बाँके क्षेत्र नम्बर २ को १ र २ बाट प्रत्यक्ष निर्वाचित हुनुहुन्छ । प्रदेशमा जसपा नेपालका तीन सांसद रहेका छन् । तीमध्ये अम्बिका काफ्लेले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमै रहने संकेत गर्नुभएको छ । नवगठित जसपाको महासचिवमा लुम्बिनीकै मोहम्मद इस्तियाक राई हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच