राष्ट्रपति निर्वाचनमा माओवादी के गर्ला ?

Read Time = 11 mins

✍️ पोषनाथ शर्मा

यतिबेला सबैतिर चासोको विषय बनेको छ । प्रमुख दल नेपाली कांग्रेसले निर्वाचनपछि गठबन्धन सरकार निर्माण गर्ने कुरामा गम्भीरता प्रदर्शन नगरिएका कारण गुमेको सत्तालाई प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर पहिले गरेको गल्तीलाई करेक्सन गरेको बुझाइ छ यसले सत्ताधारी गठबन्धनमा खास गरी एमाले र माओवादीभित्र शंका उत्पन्न गराइदिएको छ र एमाले अध्यक्ष केपी ओलीले संसदको रोष्टमबाटै कांग्रेसप्रति कटाक्ष गर्दै यदि यो समर्थन, सदासयताबाहेक कुनै जालझेल वा ढोक्सा हो भने त्यो माछा नभऐको खोलामा फालेसरह हुनेछ र माछा पर्दैन भने ।

कांग्रेसको विश्वासको मतलाई गठबन्धनलाई काउन्टर दिएको आमबुझाइ छ जे होस् वर्तमान गठबन्धनमा गणतन्त्रका हिमायतीदेखी राजसंस्थाका पूजकसम्मको यो गठबन्धनको पृष्ठभूमि, पहिचान, राजनीतिक जनाधार, मताधार, केही नमिल्ने, गणतन्त्रको अन्तरवस्तु नै फेर्ने बाचाकबुलका साथ निर्वाचित राप्रपा र रास्वपासमेतको सहभागितामा बनेको बर्णशंकर सरकार र संसदबाट प्रमुख दलका हैसियतले आफ्नो स्पेश (राष्ट्रपति) खोज्नु प्रजातन्त्रवादीका हैसियतले संविधानको रक्षा र व्यवस्थाको खातिर कांग्रेसको निर्णय उचित छ । आजको नेपालले खुला र प्रतिस्पर्धास्वरूप ग्रहण गरिसकेको छ लोकतन्त्र यसको प्राणवायु हो, स्वतन्त्रताका साथ यसले विश्वसामु विविधतापूर्ण तर समावेशी पहिचान बनाएको छ ।

लोकतन्त्रका लौहपुरुष स्वर्गीय गिरिजाप्रसाद कोइराला नभएको भए अग्रगमनको यो यात्रा कहाँ पुगेको हुने थियो ? भन्ने अनुमान गर्न कठिन छ । व्यक्तिका रूपमा कोइरालाको दूरदर्शिता र दलगत स्वार्थभन्दा माथि उठेकै कारण यहाँसम्म आइपुगेको हो । शान्ति प्रक्रियाका अर्का मुख्य हस्ताक्षरकर्ता पुष्पकमल दाहाल यति बेला प्रधानमन्त्री छन् । संसद्को बनौट दलहरूको हैसियत, र वर्तमान राजनीतिक घटनाक्रम खासगरी गृहमन्त्री रवि लामिछाने प्रकरण र रास्वपा सरकारबाट बाहिरिएको अवस्थाले प्रधानमन्त्री प्रचण्डका सामु परीक्षाको घडी आएको छ र गणतन्त्रका निम्ति एउटै थलामा उभिएको शक्ति आपसमा सत्तास्वार्थका कारण गणतन्त्रका विरोधीसँग अझै हात बढाउँदै जाने हो भने हिजो गिरिजाप्रसादसँगको शान्तिसम्झौताको हस्ताक्षरकर्ताको दाबी अर्थहीन हुन पुग्छ ।

विशेष कालखण्डमा खास मुलुकको राजनीतिको केन्द्रबिन्दुमा रहेका पात्रहरूले राजनीतिक दर्शन र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर फराकिलो चिन्तन र व्यबहार प्रदर्शन गरेकै कारणले इतिहास अगाडि बढेको हो । नेपालको राजनीतिमा बीपी कोइराला, सुवर्णशमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल त्यस हैसियतका नेता थिए ।

तसर्थ परिवर्तनको शृंखला र तिनको एकोहोरो व्याख्याले मात्र अब चुनौती पार लगाउँन सकिँदैन, सत्ता प्राप्तिको लक्ष त प्राप्त होला तर परिणाम दिन सक्दैन भन्ने कुरा दलहरू खासगरी प्रधानमन्त्री दाहालले बुझ्न जरुरी छ । लोकतन्त्र भनेकै निरन्तरताको अभ्यासबाट परिष्कार र परिमार्जनमा जाने प्रणाली हो यसलाई बलियो बनाउने भनेको लोकतान्त्रिक संस्थाहरूलाई प्रभावकारी र परिणाममुखी बनाउनु पनि हो । सदनको बनौट, सत्ता साझेदार दलहरूबीचको मतभेद, संसदमा उपस्थित दलहरूको पृष्ठभूमि आदि कारणले यो एमालेसहितको गठबन्धनका बीच प्रधानमन्त्री दाहालको सत्तारोहण कति फलदायी होला बिचारणीय छ । दाहालका सामु दण्डको भागीदार हुने कि ? अवसरको सदुपयोग गर्ने ? यक्षप्रश्न खडा भएको छ ।

राष्ट्रपति निर्वाचनप्रति अहिले सबै दल खास गरी, नेपाली कांग्रेस, एमाले र माओवादीको नजर परेको छ । विगत ५ वर्षमा राष्ट्रपतिबाट कस्तो भूमिका निर्वाह भयो ? भन्ने विषयले पनिराष्ट्र पतिबारेचासो बढेको हो । विगतका वर्षमा सम्मानित राष्ट्रपति दल र गुटविषेशको प्रधानमन्त्रीको इशारामा केन्द्रित भएर भूमिका निर्वाह गरेकै कारण राष्ट्रपतिको ओजन घटेको महसुस सर्वत्र चर्चाको विषय बन्यो । सविधानकै संरक्षक राष्ट्रपतिबाट पटक, पटक, सविधान कुल्चने र च्यात्ने काम भयो । राष्ट्रपति आफैंले संस्थाको गरिमा र मर्यादालाई कायम राख्न सक्नु भएन । हरेक राजनीति उतारचढावमा राष्ट्रपति दलविषेशको कित्तामा उभिन पुग्नुले संस्था सधैं विवादमा तानिँदै गयो ।

त्यसैले, दल विशेषको नभई छुट्टै पहिचान दिन सक्ने राष्ट्रका लागि योगदान दिनसक्ने सिर्जनशील र दूरदृष्टि भएको व्यक्तिको खोजी हुनु जरुरी छ । राष्ट्रपति पद, त्यो एक जना राजनीतिकर्मीले आफ्नो जीवनको सफलतम, उत्कर्षमा पाउने पुरस्कार हो । एउटा पुस्ताका लाखौं मानिसमध्ये एक दुईजना भाग्यमानीले मात्र त्यो पद पाउँछन् । संसदीय प्रणालीमा त यस्ता मानिसलाई विशिष्ट मानव भन्ने पनि प्रचलन छ । जसलाई सबैखालका व्यक्तिगत स्वार्थबाट मुक्त संकीर्ण राजनीतिको प्रभावबाट टाढा तथा उदार सन्तुलित, दूरदर्शी र न्याय गर्न सक्ने ठानिन्छ । जुनसुकै राजनीतिक विचारधारा वा पृष्ठभूमिबाट त्यहाँ पुगेको भए पनि पदमा आसिन हुने बित्तिकै स्वतः उनको आत्मरूपान्तरण भएको मानिन्छ र उनमा अरू केही चाहना र लालसा बाँकी रहँदैन भन्ने पनि ठानिन्छ ।

तर, आज नेपालमा विगत दशकदेखि नै केही शीर्षनेताहरू वरिपरि राजनीति घुमिरहेको छ । राज्यका संयन्त्र राष्ट्रहितका भन्दा पनि उनीहरूकै गुटगत स्वार्थपूर्तिका साधनका रूपमा प्रयोग हुँदै आएका छन् । लक्ष्य, औचित्य र परिणतिलाई वास्तै नगरी जो जता जसरी दौडे पनि हुने, कसको कति आवश्यक, अनावश्यक हो भन्ने बारे एक वा दुई ओठे कुरा वा विदूषक प्रकृतिका राजनीतिक तर्कहरू दिए पुग्ने ? कुनै पनि मुलुकको दूरगामी महत्वको राजनीतिक परिवर्तनको टुंगोमा पु¥याउन र त्यसपछिको आर्थिक समृद्धिको नेतृत्व गर्न राष्ट्रिय स्वीकार्य पाएको सिर्जनशील क्षमता र दूरदृष्टियुक्त नेतृत्वविना सम्भव छैन । यस्तो मीठोको सबैभन्दा महत्वपूर्ण पक्ष नैतिक प्राधिकार नै हो । संसारको इतिहासले यही प्रमाणित गरेको छ ।

विशेष कालखण्डमा खास मुलुकको राजनीतिको केन्द्रबिन्दुमा रहेका पात्रहरूले राजनीतिक दर्शन र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर फराकिलो चिन्तन र व्यबहार प्रदर्शन गरेकै कारणले इतिहास अगाडि बढेको हो । गान्धी, माओ, लिंकन, चर्चिल, रुजबेल्ट, मन्डेला आदि पात्रहरूको सन्दर्भ अकारण रहेको होइन । नेपालको राजनीतिमा बीपी कोइराला, सुबर्णशमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल त्यस हैसियतका नेता थिए । ४६ सालको परिवर्तनपछि गिरिजाप्रसाद कोइराला उहाँको जीवनकालभरि यस्तो महत्वको केन्द्रमा रहिरहनु भयो ।

त्यसपछिका डा.बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाललाई एक एक पटक शेरबहादुर देउवा, पुष्पकमल दाहाल, खडगप्रसाद वलीलाई इतिहासले पटक-पटक अवसर दियो । यो मौका उनीहरूले शायद नै भन्नुपर्दछ गुमाए । यी नेताले गरेका निर्णयले मुलुकलाई लाभान्वित गर्न सकेन । उनीहरूकै कतिपय निर्णयले मुलुक अनिर्णित बन्यो । यीमध्ये अपवादका रूपमा सुशील कोइरालाले अघिल्लो पुस्ताको पदचाप पछ्याउँदै संविधानसभाबाट संविधान जारी गर्न सफल रहे । अहिलेका नेताहरूमा सबैभन्दा बढी अभाव भएको त्यही निर्णय क्षमताको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?