काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले सरकार छोड्ने निर्णय नगरेको बताउनुभएको छ ।
पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरुको छलफलका लागि सोमवार आयोजित पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
सम्मानित नेता खनालले पार्टीको राजनीतिक प्रतिवेदनमा पनि सरकार छाड्ने कुरा उल्लेख नभएको स्पष्ट पार्नुभयो । उहाँले पार्टीको राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि भोलीबाट सूरु हुने पार्टी केन्द्रिय कमिटी बैठकमा थप छलफल हुने पनि बताउनु भयो ।
नेकपा एसले मंगलवारबाट ललितपुरको कान्तिपुर गार्डेनमा पार्टी केन्द्रिय कमिटी बैठक बोलाएको छ । सम्मानित नेता खनालले दुई दिनसम्म चल्ने सो बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल गरी टुंगो लगाउने भयो ।
उहाँले भन्नुभयो, ‘आजको बैठकले हाम्रो पार्टीको केन्द्रिय कमिटी बैठक भोलि र पर्सी गर्ने भन्ने निर्णय ग-यो । र, त्यो बैठकमा पार्टीको महाधिवेशनमा प्रश्तुत हुने ४ वटा दस्तावेज प्रश्तुत गर्ने कुराहरुको पनि निर्णय ग-यो । अहिले राजनीतिक प्रतिवेदनको बारेमा व्यापक छलफल भएको छैन । आज त्यो समय पनि पुगेन । किनभने भर्खर भर्खर बाँडियो, सबैले अध्ययन गर्न पाउनुभएन । अव केन्द्रिय कमिटी बैठकमा मात्रै छलफल हुन्छ । त्यहाँ छलफल भएपछि मात्रै त्यहाँ के के कुरा रहेछन् भन्ने पनि आउँछ । तर मैले थाहा पाएसम्म राजनीतिक प्रतिवेदनले सरकार छोडने निर्णय गरेको छैन । सबे दस्तावेज केन्द्रिय कमिटीमा लैजाने भन्ने विषयमा सर्वसम्मत निर्णय भएको छ । केन्द्रिय कमिटीमा के हुन्छ ? त्यो हेर्न बाँकि छ ।’
नेकपा एसको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । सोही महाधिवेशनमा प्रश्तुत हुने दस्तावेजहरुको बारेमा छलफल गर्न आयोजना गरिएको पोलिटब्युरो बैठक आज सम्पन्न भएको छ । यसअघि पार्टीको स्थायी कमिटी बैठक बोलाइएको थियो । मंगलवारबाट केन्द्रिय कमिटीको बैठक शुरु हुने र त्यसले ती दस्तावेजहरुलाई अन्तिम रुप दिने नेकपा एसले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच