काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकै दिन मंगलबार सेयर बजार २८.६२ अंकले बढेको छ । नेप्से १.४३ प्रतिशत बढेर २०२७.५१ अंकमा पुगेको हो । चार अर्ब आठ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको यस दिन कारोबारमा आएका कुल कम्पनीमध्ये दुई सय १९ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ । समाज लघुवित्त, उपकार लघुवित्त र युनिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेकोमा सर्वाधिक वृद्धि लघुवित्त समूहको ३.४४ प्रतिशत रहेको छ भने हाइड्रोपावर समूहको सूचक पनि ३.२२ प्रतिशतले बढेको छ । समाज लघुवित्त, उपकार लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तको पनि सेयर मूल्य १० प्रतिशतले बढेकोमा हिमालयन ऊर्जा विकास कम्पनीको सबैभन्दा धेरै ४.६४, सप्तकोशी डेभलपमेन्ट बैंक १.४६ र ग्रिन डेभलपमेन्ट बैंकको १.३६ प्रतिशतले घटेको छ ।
सिइडिबी हाइड्रोपावरको १५ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने साइन रेसुंगा डेभलपमेन्ट बैंक ११ करोड र आरएसडिसी लघुवित्तको सात करोड ९५ लाखको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजारमैत्री नीति तथा कार्यक्रम आउने लगानीकर्ताको अपेक्षासँगै सेयर बजार बढेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच