काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको हकप्रद साधारण सेयर निष्कासनका लागि लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । कम्पनीको १६औँ वार्षिक साधारणसभाबाट पारित हाल कायम चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद सेयर अर्थात् १ः०.४२ अनुपातमा साधारण सेयर निष्कासनका लागि मुक्तिनाथलाई नियुक्त गरिएको हो ।
सोसम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गर्नुभएको छ ।
मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी हो । नेपाल बिमा प्राधिकरणले न्यूनतम चुक्ता पुँजी पाँच अर्ब पुर्याउन दिएको निर्देशनबमोजिम हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब ८२ करोड ७७ लाख ६७ हजार पाँच सय ५६ पुग्ने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच