
काठमाडौं । नेपाली क्रिकेट टोलीले विन्डवार्ड आईसल्याण्ड भोलक्यानोजविरुद्धको मैत्रीपूर्ण टी–२० अभ्यास खेलमा विजयी सुरुवात गरेको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो ।
विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्ध तीन खेलको सिरिज खेल्दै छ ।
घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ७० रनको योगदान गरे । कुनै समय खराब स्थितमा पुगेको नेपाललाई दिपेन्द्र सिं ऐरी र सोमपाल कामीको जोडीले जित दिलाए । अर्धसतक प्रहार गरेका ऐरी ५२ तथा कामी ३५रनमा अविजित रहे ।
आशिफ शेखले ३० , अनिल शाहले ५ तथा गुल्शन झाले २ रन जोडे । कप्तान रोहित पौडेल र सन्दीप जोराले खाता नै खोल्न सकेनन् ।
नेपालले विन्डवार्डसँग थप दुई अभ्यास खेल खेल्नेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच