आदरणीय दाइ ! जयनेपाल
दाइ, आज म पुराना कुरादेखि आजसम्मका कुरा दिल खोलेर गर्न चाहँदैछु । झिँजो नमानीकन पढिदिनु होला है । २०२९ सालको कुनै महिनामा दाइलाई र शेरबहादुर दाइलाई मैले वनारसमा देखेको थिएँ । यो मेरा लागि जीवनकै तपस्या सफल भएको साल, महिना र दिन थियो दाइ ! मैले एकैपटक गनेर नसक्ने ठूलाठूला मेरा जीवनभरिका मार्गदर्शकलाई भेटेको रहेछु । ९ कक्षा (पूर्वमध्यमा पहिलो वर्ष) मा पढ्ने मैले के नै जाने बुझेको थिएँ र दाइ । खान, बस्न, लुगा लाउन पनि जान्दिनथेँ । सरोज दाइसँग गएको हुनाले बीपीदेखि तपाईंहरूसम्म सबैले मलाई भाउ दिएर बोलाउनुभएको थियो । म फुरुक्क परेको थिएँ । तपाईंहरूका जीवनमा यस्ता क्षण पचासौं वर्षसम्म दिनको दशौंपटक आउने र जाने भएको हुनाले बिर्सनुभयो होला ।
मेरा लागि त यो सात जन्मको तपोसिद्ध भएको दिन थियो दाइ कसरी बिर्सने भन्नोस् त ? त्यस दिन हामी साँझतिर पुगेका थियौँ । भेटघाटको समय सकिएको रहेछ तर सरोज दाइले सिधै बिपीकै कोठामा लगेर जय नेपाल गर्न लाउनुभएको थियो । मान्छे हो कि महादेव हो भनेर छुट्याउनै सकेको थिइन मैल त बीपीलाई देख्दा । खुँजबाट जनकपुर आउँदा त यति छक्क परेको थिइन । दुम्जाका कोइराला यस्तो औधी गोरा सुकिलो पोशाक देखेर त म छक्कै परेको थिएँ र आज सम्झँदा र बुझ्दा झनै छक्क पर्छु यस्ता पनि मेरा नेता थिए भनेर । मेरा कुरा सुनेर मलाई बीपीले भन्नुभएको थियो ‘सबै साथी सांसद मन्त्री बन्छन् । अनि तपाईं चाहिँ नपढेको दरवान बनेर जीवन बिताउने ?’
वंशपरम्पराकी महारानीकै सवारी भएजस्तो गरी सर्वसाधारणले विद्या भण्डारी छउन्जेल बाटाघाटामा पनि सास्ती खेप्नुपरेको थियो । तपाईंले साधारण किसिमले आउने जाने गरेर एउटा रीति बसाउनुभयो । दाइ, तर जीउजहानैको उपचार भत्ता लिएर त कांग्रेसको नाक कटाइदिनुभयो नि ।
राम्ररी पढेर एमए गरेर मलाई भेट्न आउनु भनेर सरोज दाइसँगै मलाई पठाउनुभएको थियो । त्यस दिनदेखि मेरा दिलदिमागमा बीपीले बास गरे र नपढी नहुनेरहेछ भन्ने पनि भयो तर मलाई धेरै दिन दरवान शब्दले हैरान पा¥यो अर्थै नबुझेको हुनाले । तपाईं जीवनभरि बाउन्न घुस्सी त्रिपन्न ठक्कर खाएर यो देशको नं. १ नागरिक बन्नुभएको छ । यो मजस्ता तपाईंका साधारण कार्यकर्ताका लागि ठूलो गौरवको कुरो पनि हो दाइ तर तपाईंले यता आएर सोच्न, चिन्तन गर्न छाडेजस्तो लागेको छ । डा.रामवरणको कार्यकालपछि सहज किसिमले विद्या भण्डारी आएकी थिइन् तर दोस्रो पटक झलनाथलाई राष्ट्रपति बनाउन ठिक्क पारिसकेको भए पनि ओलीको आदेश अनुसार मिलनकुमार थापाले पशुपतिमा रातारात तान्त्रिक लगाएर विद्यालाई ल्याउने काम गरेको हो भन्ने बजार हल्ला चलेको थियो । नरोत्तम वैद्यजी पनि यस्तै संकेत गर्नुहुन्छ ।
हुन त ओलीको के कुरा गर्नु र सबैभन्दा स्वच्छन्दचारी, अनियन्त्रित, बतुरा हुन् उनी यो देशका नागरिकमध्ये । जीवनभरि एक प्रकारको मूल्यमान्यता बोकेर हिँडेका मान्छे तपाईं र रामवरणजी बदलिएको देखेर मलाई आश्चर्य लागेको हो । शेरबहादुर दाइ पानी तताइते नै भए पनि सामन्तकी छोरी ल्याएर बदलिनुभयो । दाइ ! पुतली सडकको एम हाउसपछाडि जुनानाथ पण्डितका भदाका डेरामा बसेका दिन कस्ता थिए तपाईंका सम्झना छ ? द्ई÷तीन महिना विद्यार्थीका कोठामा तपाईं शरणार्थी बनेर बस्दा पनि कसैले ऐय्यासम्म भनेनौँ दाइ ? कोट, कमेज र लुगाफाटो पनि आवश्यक पर्दा तपाईंलाई दिएकै थिए । अनि तपाईंहरू सेन्ट्रल जेल परेका बेला देवीभक्त ढकालहरू भेट्न जाँदा तपाईं र चिरञ्जीवी वाग्लेले मासु खान मन लागेको कुरो गर्नुभएछ ।
कसरी सस्तो मासु पाइन्छ र कहाँ पाइन्छ भनेर बताएको बिर्सनुभयो ? आफ्ना भदाले सुँगुरका टाउकामा राष्ट्रपुकार पत्रिका लुकाएर प्लास्टिकले मोरेर गोप्य गरी समाचार र मासु जेलमा पुर्यायो भन्ने कुरो पण्डित जुनानाथले चाल पाएका भए देवीलाई कति आपत पथ्र्यो ? उसको अभिभावक नै तिनै पण्डित थिए काठमाडौंमा । आज देवी कहाँ कसरी बसेको छ थाह छ तपाईंलाई ? विचरो देवी आज पनि भन्छ चिरञ्जीवीले त उसका राम्रा दिन भएका बेला मलाई बोलाएर सहयोग दियो र लियो पनि तर रामचन्द्र त सारै बैगुनी निक्ले । दाइ ! उसका घरनेर पुग्दा पनि तपाईं उसलाई नबोलाइकन हिँड्नुभएछ, असाध्य चित्त दुखाएको छ । निष्ठाका साथ यत्रो भुक्तमान केका लागि खेप्नुभएथ्यो ?
मान्छेलाई लखेटी लखेटीकन खुँडा प्रहार गरी गर्दन छिनाउनेलाई माफी दिँदा अलिकति मुटु दुखेन दाइ ? बदनामी पनि त कमाउनुभयो । मधेसमा जातीयता, प्रान्तीयताका महामरीले सताएका बेला ‘हिमाल पहाड तराई कोही छैन पराई’ भनेर राष्ट्रिय एकताका पक्षमा चट्टान बनेर उभिएका डा.रामवरण यादवले अहिले घर भाडा, उपचार खर्च केके केकेमा गल्बद्दी गरेका समाचार बाहिरिएका छन् तिनलाई नपुग्दो के छ र ? विद्या महारानीले आफू गाडीबाट झर्दा कुँदुवा पीरा गोडा टेक्न राख्न लाइन्, दशैंको टीकाजमरा लाइमाग्न आएका कर्मचारी, न्यायकर्मीलाई बस्ने आसन पनि नदिएर घुँडा मारेर भूईंमा बसाएर टीका जमरा लाइदिएका दृश्य पनि देखियो ।
वंशपरम्पराकी महारानीकै सवारी भएजस्तो गरी सर्वसाधारणले उनी छउन्जेल बाटाघाटामा पनि सास्ती खेप्नुपरेको थियो । तपाईंले साधारण किसिमले आउने जाने गरेर एउटा रीति बसाउनुभयो । दाइ, तर जीउजहानैको उपचार भत्ता लिएर त कांग्रेसको नाक कटाइदिनुभयो नि । हुन त पहिले पनि कुनै मौका आउँदा दुःख गरेका कार्यकर्तालाई भन्दा जेठी र माइली साइलीका ससुरा अन्तरीका देवर कता छन् भनेर खोज्नुहुन्थ्यो रे । रेशम र रेगनलाई गरेका माफीदेखि अरू पनि यस्ता काममा पुष्पकमल दाहाललाई मिलाएर जाँचेर ल्याउनुस् प्रमज्यू भन्न त सक्नुहुन्थ्यो । त्यत्ति पनि नगर्ने बीपीको शिष्य हुनसक्छन् ?
शेरबहादुरसँग मिल्ने र प्रतिस्पद्र्धा गर्ने गर्दागर्दै १४औं महाधिवेशनमा त आत्मसमर्पणै गर्नुभयो नि दाइ ? तपाईंलाई थाह छ ? पहिला त्यो पदका लागि दमननाथ ढुंगानालाई बनाऊँ भनेर नरोत्तम वैद्य र शेरबहादुरका बीचमा कुरा भएको थियो । दमनजीलाई भारत, कांग्रेस, चीन र पश्चिम कुनैले पनि पक्ष लिँदैन भनेर तपाईंलाई रोजेका रे शेरबहादुर दाइले । दमननाथ आजीवन बीपी मार्गमा हिँडेका बौद्धिक मान्छे हुन् । उनी विदेश जाँदा पनि एक्लै गएका थिए । एक पटक छोरी लिएर जाँदा छोरीको खर्च आफैँले बेहोरेका थिए रे । सभामुख तपाईं पनि बन्नुभयो । माननीय काम्रेड गोल्छेका कर्तुतमा पर्नुभयो । दमननाथ तपाईं र सुवास नेम्वाङमात्रै सभामुखजस्तो लाग्छ भन्छन् मान्छेहरू ।
अग्निप्रसाद सापकोटा ज्यानमारा, कृष्णबहादुर महरा सुनतस्कर र यौनतस्करवादी, तारानाथ दाइ निष्ठावान् भएर पनि भटट र रटटमा लागेर बद्नाम हुनुभयो । वर्तमान सभामुख ओलीका छायाँ । यसरी हेर्दा मर्यादामा बसेर सदनलाई सदन जसरी चलाउने त दमननाथ नै पहिला थिए पनि र हुन् पनि । यसो दक्षिणतिर हेर्दा डा.राजेन्द्रप्रसाद, राधाकृष्ण सर्वपल्ली, जाकिर हुसेनजस्तालाई कसैले कहिल्यै बिर्सला ? छिमेकी देशको हेरेर पनि आफ्ना बसाइउठाइ, हिँडाइ बोलाइ, सुधार्न सकिन्थ्यो नि दाइ यो बुद्धि किन नआएको ? अम्बानीलाई पनि पैसाले पुगेको छैन । सुवर्णले त्यत्रो सम्पति कांग्रेस पाल्दैमा खर्चेको त देख्नु भोग्नु पनि भएको हो नि ।
सुशील कोइराला, कृष्णप्रसाद भट्टराई, बलदेव मजगैयाँ, बलबहादुर राई, कुलबहादुर गुरुङ पनि त कांग्रेस नै हुन् । धनदोहन, नाता व्यवस्थापनमा लागेनन् त दाइ ? आधा झापा भएका सिके प्रसाईं, रामबाबु प्रसाईंको पञ्चायतले सर्वस्व गरेको थियो । तिनले प्रजातन्त्र आएपछि मुआब्जा मागे र दाइ ?
सुशील कोइराला, कृष्णप्रसाद भट्टराई, बलदेव मजगैयाँ, बलबहादुर राई, कुलबहादुर गुरुङ पनि त कांग्रेस नै हुन् । धनदोहन, नाता व्यवस्थापनमा लागेनन् त दाइ ? आधा झापा भएका सिके प्रसाईं, रामबाबु प्रसाईंको पञ्चायतले सर्वस्व गरेको थियो । तिनले प्रजातन्त्र आएपछि मुआब्जा मागे र दाइ ? नेपालमा पहिलो सहकारी आन्दोलन गरेर यसलाई अन्तर्राष्ट्रियकरण गर्ने डा.दीपकप्रकाश बाँस्कोटा आफैं संघर्ष गरेर राम्रै जीवन बाँचेका छैनन् र ? डा.भगवान कोइराला, डा.सन्दुक रुइत, प्रा.डा.सुरेशराज शर्मा, महावीर पुन, तुलसा हेमरम, केदारभक्त माथेमाका जीवनचरित्रलाई हेरेर त्यस्तै कसरी बनुँ भन्ने भाव तपाईंहरूका मनमा किन नआएको होला ? काजी भीम मल्लकी पत्नीले दिएको श्राप तपाईंहरूमा नै आएर त थुप्रेको छैन ?
अहिले तपाईंका सल्लाहकारले बोलेका कुरालाई लिएर खड्गप्रसाद शर्माको पारो तातेको रहेछ । उनको पारो तात्नाका दुईवटा कारण देखिए । एउटा भारतलाई रुष्ट गराएर उथलपुथल गर्न सजिलो पार्ने, उथलपुथलविद्लाई भारतविरोधी देखाउने । अर्को हो उथलपुथलका कारणले तपाईं अहिले बसेका पदमा उनका मान्छे ल्याउन नसकेको विषवमन । कहिलेकाहीँ म सम्झन्छु मनमोहन अधिकारीजस्ता शालीन सौम्य मान्छे पनि जब धेरै मान्छे देख्थे अनि कुम उचाली उचाली अलि चर्को बेलिहाल्थे । मदन भण्डारीमा पनि यो रोग थियो । ओलीमा पनि चारजाना देखो कि अनापसनाप बक्ने रोग रहेछ । अहिलेका उथलपुथल नायक त १ नम्बर भइगए ।
वामपन्थीको यो वैचारिक मौलिक रोग रहेछ कि क्या हो ? नारायणमान बिजुक्छे, चित्रबहादुर केसीमा चाहिँ फेरि यो रोग देखिँदैन किन हो । यिनीहरू मच्चिएको मैले देखेको छैन । अँ दाइ ! तपाईं राष्ट्रपति भएर आजसम्मकाले गर्न नसकेको गर्नुपर्ने र यश पनि कमाइने केही कुरो सोच्नुभएको छ ? कसैलाई राजनीतिमा स्थापित गर्ने काम सुवर्ण र बीपीले गरेनन् । गिरिजाप्रसादले छोरीलाई स्थापित गराउन खोज्दा अन्त्यमा बद्नाम हुनुभयो । छोरो र ज्वाइँमा हिरिक्क नहुनुहोला दाइ तपाईं । शेरबहादुर दाइ सुन, पद र श्रीमतीबाट बद्नाम भए । बालकृष्णको हविगत थाहै छ । हुन त अब तपाईंहरूले कांग्रेसको नाम जग्मग बनाउनुहोला भन्ने आस त भैंसी गोठालाले पनि गर्न छाडेको छ तैपनि तपाईंहरूभन्दा थोरै कान्छो पुस्ता म जस्ताका मनलाई अझै तपाईंहरूका विगतले झक्झकाउँदै छ है दाइ ।
अँ, रेशम र रेगनलाई छाड्दा त जताततै अर्थका बिटा बाँडिए भनेको सुनिन्थ्यो नि तपाईं बसेकोजस्तो औपचारिक र सम्मानका खातिरका पदलाई पनि आउँदोरहेछ दाइ ? मिल्छ भनेमात्रै भन्नुहोला । यो देशमा के मिल्ने के नमिल्ने भन्ने कुराको सीमारेखा नै उथलपुथल मास्टरसँग लागेर तपाईंहरूले मेटाइदिनुभयो के सोध्नु पनि । रवि र सुमना नभए उथलपुथल र दम्भमानको घाँटी सुक्छ भन्ने देखियो । तपाईंहरू पनि यसरी कसैका सती नजानुहोला है । आउँदा पनि एक्लै आएको मान्छे जाँदा पनि एक्लै नै जान्छ भन्ने कुरो कांग्रेसका धेरै नेताले अहिले बिर्सन थालेका छन् । पदमा बहाल हुँदै आर्यघाट जान पाए हुन्थ्यो भन्ने खट्पटी किन हँ ? अद्यैव वा मरणमस्तु युगान्तरे वा ।
निर्धक्कसंग शक्तिमा हुनेहरुका कर्तुतहरु लेख्ने कलमको शक्ति र विषयवस्तुको सटिक प्रस्तुतिको जति प्रशंसाा गर्दा पनि कम हुन्छ।कुलप्रसाद कोईराला यो कालखण्डका निर्भीक ,निडर लेखक तथा स्तम्भकार हुन भन्ने कुरा यो स्तम्भले प्रमाणित गरेको छ।सत्य र तथ्य ओकल्ने कामका साथै सत्ताबाट मैमत्त भएकाहरुलाई यो कलमले निरन्तर खबरदारी गर्ने नै छ।एउटै आलेखमा एउटै तिरले आफूलाई सत्ताका सिंह संझनेहरु सबैलाई प्रहार गर्ने क्षमताले निरन्तरता पाओस् ।हाम्रो शुभकामना।