![महशिकार (तस्बिरहरू)](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/mahasikar-mygd-2.jpg)
काठमाडौं । हाम्रो पात्रो एपले प्रतिबन्धित वानएक्स बेट अनलाइन बेटिङ (सट्टेबाजी) एप्लिकेसनको प्रचार गर्ने गरेको पाइएको छ । वानएक्स बेट नेपालमा प्रतिबन्धित छ । तर हाम्रो पात्रो एपले भने अवैध रुपमा वानएक्स बेटको विज्ञापन गरिरहेको हो ।
हाम्रो पात्रोमा देखिने वानएक्स बेटको विज्ञापन ‘गुगल एड’ हो । यसलाई नियमन भने हाम्रो पात्रो टीमले गर्नसक्छ । तर रोक्न सकिने भएपनि सम्बन्धित पक्षले चासो नदेखाएकाे पाइएकाे छ । सायद मंहगाे मूल्यकाे विज्ञापन भएर हाेला यस तर्फ हाम्राे पात्राे टिम माैन देखिन्छ ।
यस्ता अवैध विज्ञापनले हाम्रो पात्रो सञ्चालकलाई फाइदा पुगे पनि राष्ट्रलाई भने गम्भीर नोक्सान भइरहेको सरोकारवालाहरु बताउँछन् । यो कार्य विज्ञापन नियमन ऐन विपरीत भएको उनीहरुको भनाइ छ ।
अवैध ‘वान एक्स बेट’ अनलाइन जुवाको प्रचार गरेको भन्दै प्रहरीले केही समय अघि नेपालका चर्चित कलाकार र केही युटुबरहरुलाई पक्राउ समेत गरेको थियो । नेपालमा अनलाइन जुवा पूर्ण रुपमा प्रतिबन्धित छ ।
पछिल्लो समय नेपालमा अबैध रहेको अनलाइन जुवा खेल्ने युवाहरूको संख्या बढिरहेको प्रहरी बताउँछ । यस्ता विज्ञापनमार्फत अनलाईन जुवा तर्फ युवाहरुको आकर्षण बढ्दो छ ।
के हो वानएक्स बेट ?
वानएक्स बेट अनलाइन बेटिङ (सट्टेबाजी) प्लेटफर्म हो। प्रयोगकर्ताले पुरै खेलको नतिजा वा खेलका विभिन्न समयावधिमा हुने गतिविधिको अनुमान गरेर जुवा झैं दाउ राख्नुपर्ने हुन्छ। अनुमान गरेको नतिजा मिलेको खण्डमा तोकेको रकम फिर्ता पाइन्छ । भने नमिलेको अवस्थमा आफूले बाजी राखेको सबै रकम जान्छ।
यही प्लेटफर्ममै विविध प्रलोभन दिएर लक्की ड्र मार्फत् पनि विजेता घोषणा पनि गरिन्छ। विभिन्न ठाउँ र देशअनुसार त्यहाँका कुनै व्यक्ति कम्पनीको एजेन्टका रूपमा काम गर्छन्। यस्ता एजेन्टहरूले विभिन्न व्यक्तिको नागरिकतालगायतका अन्य कागजात राखी नक्कली नाममा खाता खोल्ने र यो खेल खेल्ने, खेलाउने गर्छन्।
अनलाइन सट्टेबाजीका लागि हुने साइटहरूमा नेपालका विभिन्न मोबाइल वालेटदेखि बैंक अकाउन्टसम्म प्रयोग हुने गरेका छन् । कुनै प्रयोगकर्ताले यस्ता एप वा मोबाइलमार्फत खाता खोलेपछि यसमा रकम हाल्नुपर्ने हुन्छ । रकम हाल्दा सिधै नेपाली बैंक तथा मोबाइल वालटेबाट हाल्न नपाइने हुँदा प्रयोगकर्ताहरूले यसका नेपालमा रहेका एजेन्टको वालेट वा बैंक खाता पठाउनु पर्ने हुन्छ जब एजेन्टको खातामा पैसा पुग्छ उसले प्रयोगकर्ताको खातामा उसले चाहेको रकम जम्मा गर्दिन्छ ।
![सन्दीपको मुद्दामा, आज जवाफी बहस](https://ehimalayatimes.com/wp-content/themes/himalaya/images/Hita-pen-logo.png)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच