काठमाडौं । साहित्यकार प्रा.शुकदेव उपाध्यायको औपन्यासिक कृति ‘भर्चुअल लभ’ सार्वजनिक भएको छ । सत्तरी वर्षको उमेरमा पहिलो कृतिका रूपमा उहाँको यो पुस्तक बिहीबार सार्वजनिक भएको हो । उपन्यास समाज नेपाल आयोजक रहेको यस पुस्तकको सार्वजनिक समारोह होटल हायत रेजेन्सी बौद्धको नेक्स्ट म्युजियममा भएको थियो ।
उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीको सभापतित्वमा भएको उक्त कार्यक्रममा साहित्यिक पत्रकार रोचक घिमिरे प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा साहित्यकार पवन आलोक रहनुभएको थियो । साहित्यकारहरू विजय चालिसे, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रहृलाद पोखरेल, रामप्रसाद पन्तलगायत साहित्यकारहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सहजीकरण पत्रकार निबन्ध आचार्यले गर्नुभएको थियो ।
साहित्यकार विष्णुबहादुर सिंहको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि घिमिरेले उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथिलगायतबाट पुस्तकको लोकार्पण भएको थियो भने डा.ज्ञानु अधिकारीले लोकार्पित पुस्तकमाथि टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि पवन आलोक, प्रज्ञा सदस्य चेतनाथ धमला, साहित्यकार विजय चालिसे, श्रीओम श्रेष्ठ ‘रोदन’ ले शुभकामना मन्तव्य राख्नुभएको थियो । कृतिकार उपाध्याय र प्रमुख अतिथि घिमिरेले पनि पुस्तकमाथि आ-आफ्नो विचार व्यक्त गर्र्नुभएको थियो । कार्यक्रमका अन्त्यमा माधव बिडारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सभापति भारतीले पुस्तकबारे बताउँदै कार्यक्रम समापन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच