काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा गर्न सिफारिस हुनुभएको छ ।
बढुवा भएकामध्ये पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत् छन् भने कार्की, केसी र अधिकारी प्रहरी प्रधान कार्यालयमा कार्यरत हुनुहुन्छ ।
कार्की जिल्ला प्रहरी परिसर, काठमाडौं र केसी उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रमुख भएका बेला नक्कली भुटानी शरणार्थी प्रकरणको पटाक्षेप भएको थियो ।
बढुवा सिफारिस सूचीको चौथो नम्बरमा रहेका अधिकारी पनि प्रहरीभित्रका इमान्दार र व्यवसायिक अधिकृतका रुपमा परिचित हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच