झापा । झापाको कमल गाउँपालिका ५ का १९ वर्षीय समीर श्रेष्ठको गोरखाको दरौदी नदीमा डुबेर मृत्यु भएको छ । गोरखा नगरपालिका १० छेपेटार नजीक दरौदी नदीमा पौडी खेल्ने क्रममा समीरको शुक्रबार डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रहरी रमेशकुमार श्रेष्ठका अनुसार समीर पालुङटार नगरपालिका १ खोप्लाङस्थित ठुलीआमाको घरमा बस्दै आएका थिए। पौडी खेल्ने क्रममा दरौदी नदीमा डुबेका समीर अचेत अवस्थामा साथीले उद्दार गरेका थिए ।
समीरलाई तत्काल छेपेटार मेमोरियल अस्पताल लगिएको थियो । लगत्तै गोरखा अस्पतालमा पुर्याइएका समीरको शुक्रबार साँझ मृत्यु भएको हो ।
आफन्तका अनुसार समीरको झापाको कनकाइमाईको मुक्तिघाटमा दाहसंस्कार गरिने तयारी गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच