शंकरलाल गोल्ड मेडल बस्नेतलाई

Read Time = 1 min

काठमाडौं । जगदम्बा स्टिल्स लिमिटेडले सम्वत बस्नेतलाई शैक्षिक उत्कृष्टताका लागि प्रतिष्ठित ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ प्रदान गरेको छ । इञ्जिनियरिङ अध्ययन संस्थानको ५७औँ वार्षिकोत्सवका अवसरमा सोमबार थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा कम्पनीले उहाँलाई पदक, प्रमाणपत्र र नगद पुरस्कार ५१ हजार रुपैयाँसहित सम्मान प्रदान गरेको हो ।

सो अवसरमा त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ शाखाका डिन प्रो. शशिधरराम जोशी, थापाथली क्याम्पसका कार्यकारी क्याम्पस प्रमुख डा. खेम ज्ञवाली र जगदम्बा स्टिल्सका अपरेसन एण्ड मार्केटिङ डाइरेक्टर रवि प्रकाशले बस्नेतलाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

अवार्डको नाम नेपालका प्रख्यात उद्यमी तथा जगदम्बा स्टिल्सका संस्थापक शंकरलाल अग्रवालको नाममा राखिएको हो । सन् १९८० को दशकबाट उद्यमशीलताको यात्रा सुरु गर्नुभएका अग्रवाल समाजसेवी पनि हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?