बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा रहेको जीर्ण पञ्चायत घर गाउँपालिकाले संरक्षण थालेको छ । गाउँपालिकाले पञ्चायत घरलाई पुननिर्माण गरी पाहुँना घर र पुस्तकालय बनाउने योजनाका साथ भवन जिर्णोद्वारा गरिरहेको छ । नेपालमा वि.सं. २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भएपनि पञ्चायती व्यवस्था सञ्चालन भएको तमान गाउँको पञ्चायत घर हाल सम्म जीवित छ ।
उक्त ऐतिहासिक घरलाई गाउँपालिकाले १० लाख बजेट बिनियोजन गरेर जिर्णोद्वारको काम भइरहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । इतिहासको संरक्षण गर्नका लागि पञ्चायतमा शासन चलाएको घरलाई संरक्षण गरिएको बताउनुभयो । उक्त घरलाई आन्तरिक पर्यटकहरुलाई बस्ने र पुस्तकालय बनाउने उदेश्य अनुरुप पुननिर्माण गरिएको हो ।
“पञ्चायत ढले पनि घर ढलेको थिएन, गाउँपालिकाले ऐतिहासिक घरलाई संरक्षण गर्न थालेका छौं, घर पुननिर्माण गरेर मात्रै भएन, त्यसलाई प्रयोगमा ल्याउन पाहुँना राख्ने घर बनाउने र तल्लो तलामा पुस्तकालय बनाउने गाउँपालिकाको योजना रहेको छ” बुढाले भन्नुभयो “ निरकुंश पञ्चायती व्यवस्था ढलेर प्रजातन्त्रको पुर्नबहाली भएपनि पञ्चायत भवन संरक्षित गर्न गाउँपालिकाले आवश्यक ढानेको छ ।”
पञ्चायती व्यवस्थाको झलकको रुपमा रहेको भवनलाई संरक्षण गरेर पर्यटकहरुलाई चिनाउने योजना गाउँपालिकाको योजना छ । पञ्चायत कालमा प्रधान उप–प्रधानहरुले यही भवनमा कार्यालय स्थापना गरेर काम गर्ने गरेकोको स्थानीय ललित बहादुर घर्ती मगरले बताउनुभयो ।
तमान गाउँमा रहेको पञ्चायत कार्यालयबाट तमानखोला गाउँपालिका वडा नम्बर ५ खुङ्खानी, वडा नम्बर ६ नर्जाखानी, वडा नम्बर ४ लाम्मेला, वडा नम्बर २ बोङ्गादोभान लगायतका स्थानका जनतालाई सेवा प्रदान गरिन्थ्यो । भवनलाई पुननिर्माण गरी संरक्षण गनुपर्ने स्थानीयको मागलाई गाउँपालिकाले सम्बोधन गरेको भवन पुर्ननिर्माण समितिका अध्यक्ष समेत रहनुभएको स्थानीय ललित बहादुर घर्ति मगरले जानकारी दिनुभयो ।
“यो भवन जीर्ण बनेको थियो, यसको संरक्षण र पुनः उपयोग गर्ने उद्धेश्यले पुर्ननिर्माण गरिएको हो” उहाँले भन्नुभयो “भवनको पुर्ननिर्माण गरिएसँगै गाउँमा हुने अन्य सामाजिक कामको लागि समेत सहयोग पुग्ने छ ।”
भवन निर्माणको एकीन मिति नभएपनि पछिल्लो दशकदेखि भवन जीर्ण अवस्थामा रेहेको थियो । पञ्चायत भवन साबिक लुकुरबन, खुङ्गा, नर्जा, खुंखानी, तमान, लाममेला नागरिकले मिलेर निर्माण गरेका थिए । भवन पुर्ननिर्माणको करिब ७५ प्रतिशत काम सम्पन्न भएको समितिका अध्यक्ष घर्ति मगरले बताउनुभयो ।
तमानखोला गाउँपालिका–३ का वडा अध्यक्ष झक बहादुर बुढाले भवन सम्पन्न भएपछि केही समय वडा कार्यालय राखिने र पछि पुस्तकालय बनाइने छ । यहाँबाट गाउँमा केही बदमासी गर्ने, अपराधीक क्रियाकलाप गर्नेलाई सजाय समेत दिइन्थ्यो । तमान पञ्चायत क्षेत्रमा तत्कालीन अवस्थामा खप्रसाद बुढा मगर लगायतले शासन गरेको स्थानीयको भनाई छ । गाउँपालिकाले यसको इतिहास र को–को पञ्चायतले शासन गरे भन्ने बारे गाउँपालिकाले खोजी गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच