![गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ : उपप्रधानमन्त्री लामिछाने](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Rabi-Lamichhane-2.jpg)
काठमाडौं । अहिले गर्मीको मौसम । तराईलगायत भित्रि मधेशमा अधिक गर्मी हुने गर्दछ । अधिक गर्मीका कारण बालबालिकादेखि बुढाबुढी, बढी तौल भएका मानिसहरुलाई निक्कै पिरोल्ने गर्दछ । त्यसमाथि चर्को घामले तातो हावा लु चल्नाले मानिसहरुको स्वास्थ्यस्थितिमै समस्या ल्याउने गर्दछ । अधिक गर्मीका कारण प्राणनै जाने खतरासमेत हुन्छ ।
यदि अचानक शरीरको तापक्रम बढ्यो वा धेरै टाउको दुख्यो भने सावधान हुन जरुरी हुन्छ । यी दुवै लु लागेको लक्षणहरू हुन् । लुले मिर्गौला, दिमाग र मुटुमा धेरै प्रभाव पार्छ । केही मानिसहरूमा लुका कारण छिटोछिटो पिसाब आउने, शरीर चिलाउने आदि लक्षणहरू देखा पर्दछन् ।
विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।
आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
साथै विभागले तातो लहरको असरबाट बच्न गर्मीको समयमा घरभित्र नै रहन, घरबाहिर नजान, हलुका र सुतीका कपडा लगाउन, घरबाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित र पटक –पटक पानी तथा झोल पदार्थ पिउने सुझाव दिएको छ ।
तातो हावा तथा तातो लहर (लू)बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, बान्ता हुनसक्ने भएकाले लूबाट बच्न सुझाएको छ ।
सौन्दर्यमा समस्या
गर्मीमा घामले गर्दा छालामा धेरै समस्या देखापर्छन्। चर्को घामले छाला डढ्ने, मेकअप बग्ने, पसिना बढी आउने, चिलाउनेलगायत अनेकन समस्या पनि देखापर्छन्।
गर्मीले सबैभन्दा बढी असर महिलाहरूको मेकअपमा पार्छ। गर्मी मौसममा मेकअप धेरै समयसम्म टिक्न गाह्रो हुन्छ। केही कुरामा ध्यान राख्न सके गर्मीबाट हुने समस्याबाट जोगिन सकिन्छ।
गर्मी मौसममा छालाको स्याहार गर्न गाह्रो हुन्छ। पसिनाले गर्दा छाला चिपचिप हुने र मेकअप पनि धेरै समयसम्म नटिक्ने हुन्छ। तैलीय छाला भएकोले गर्मीमा झन् समस्या भोग्नुपर्छ। यस्तो समस्याबाट जोगिन सकेसम्म पूरा बाहुला भएको पहिरन लगाउनु पर्छ ।
गर्मीमा कपाल झर्ने समस्याले पनि त्यति नै सताउँछ। धेरै कपाल झरेमा नियमित तेल मालिस गर्ने र कपालमा दहीको प्रयोग पनि गर्न सकिन्छ। गर्मी मौसममा वाटरप्रुफ मेकअपको प्रयोग गर्नुपर्छ।
आँखा सुख्खा हुने समस्यालाई ड्राई आई भनिन्छ। यो समस्या काम-काज गर्ने लगभग सबै मनिसमा प्राय: गर्मीको मौसममा हुने गर्छ।
तिर्खा नलागेको भए पनि हाम्रो शरीर प्रणालीलाई चिसो पार्न प्रशस्त पानी पिउनुहोस्। यसले हामीलाई निर्जलीकरणबाट पनि बचाउँछ।कागती, तरबूजा, हरियो सागसब्जी, कागती आदि खाँदा हाइड्रेसन कायम रहन्छ र पचाउन पनि सजिलो हुन्छ।
गर्मी तथा 'लु' बाट बच्न के गर्ने/के नगर्ने ?
- विशेष काम बेगर घरबाट ननिस्कने ।
- बसेको स्थानमा चिसो अवस्था कायम गर्ने ।
- मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म घर, कार्यालय बाहिरि हिँडडुल कम गर्ने, गर्नैपरे, छाता लगायतको प्रयोग गरेर मात्रै हिँडडुल गर्ने ।
- गर्मीको बढी असर मुटुका बिरामी, बालबालिका, गर्भवती महिलालाई हुने भएकाले सम्बन्धित व्यक्तिहरूले स्वास्थ्यमा ध्यान दिने, सावधानी अपनाउने ।
- गर्मीको प्रभाव न्यूनीकरण गर्न स्वास्थ्यचौकीदेखि अस्पतालसम्मको अवस्था नियाल्ने र तयारी अवस्थामा राख्ने ।
- स्वास्थ्यकर्मी/स्वास्थ्य स्वयंसेविकाहरूलाई गर्मीबाट बच्ने अवस्थाको बारेमा तालिम दिने ।
- खानेकुरामा सावधानी अपनाउनेः जस्तै चिया कफीको ठाउँमा लस्सी, मोही, दही, पुदिनाको रस, चामल पखालेको (चौलानी) खाने ।
- प्रोटिनयुक्त खानेकुरा कम खाने ।
- घरबाहिर निस्किँदा छाताको प्रयोग गरौँ ।
- घाममा निस्किँदा टाउको छोप्ने कपडाको प्रयोग गरौँ । यसरी पनि लुबाट बच्न सकिन्छ ।
- घरबाट बाहिर निस्कनु पर्यो भने चिसो पानी र चिसो सर्वत पिएर मात्रै निस्किने बानी बसालौँ ।
- गर्मीबाट हिँडेर आउने बित्तिकै तत्काल चिसो पानी नपिउनुस् ।
- गर्मी समयमा बारम्बार पानी पिइराख्नुस् । किनभने यसले शरीरमा पानीको मात्रालाई कम हुन दिँदैन ।
- पानीमा कागती हालेर र नुन मिसाएर दिनमा तीन पटक जति पानी पिउनुभयो भने पनि लु लाग्नबाट बच्न सकिन्छ ।
-पत्रपत्रिकाकाे सहयाेगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच