रुपान्तरण अभियान महोत्तरीमा माओवादीको विवाद उत्कर्षमा

हिमालय टाइम्स
Read Time = 4 mins

महोत्तरी । माओवादी केन्द्रको रुपान्तरण अभियान कै क्रममा महोत्तरीमा खटपट सुरु भएको छ ।

संस्थापन र संस्थापन इतर पुर्व जनमोर्चा धारको विवादका कारण विशेष गरि क्षेत्र नं. १ मा खटपट सुरु भएको हो ।

महोत्तरीका जिल्ला इन्चार्ज समेत रहेका राजु खड्का र गिरिराजमणी पोखरेल पक्षधरविच भएको विवाद रुपान्तरण अभियान कै क्रममा उत्कर्षमा पुगेको छ । तर, खड्का रुपान्तरण अभियानमा सर्लाहीको नेतृत्व गरिरहेका छन् भने महोत्तरीमा अच्युतम काफ्ले कमाण्डर बनेका छन् । लामो समयदेखी पाटीभित्र चलिरहेको आन्तरिक टसल सतहमा देखिएपछी केन्द्रमा समेत यसको ध्यानाकर्षण गराइएको छ ।

मधेश प्रदेशको कमाण्डर बनेर आउनु भएका केन्द्रिय सचिव लीलामणि पोखरेलले खासै विवाद नरहेको बताउँनुहुन्छ तर आन्तरिक विवादलाई सचिव पोखरेलले सुल्झ्याउने प्रयास नगरेको कतिपय नेताहरुको आरोप छ । रुपान्तरण अभियानलाई प्रभावकारी बनाउन बर्दिबास नगर नेतृत्वविहिन बने पछि बहुमतले रुद्र सुस्लिङलाई अगाडि सारेको र यहीँवाट विवाद सुरु भएको बुझिएको छ । वडा तहवाट सुरु गरिने भनिएको रुपान्तरण अभियानमा सुस्लिङ मगरलाई अगाडि सार्नु नै रहस्यमय बनेको संस्थापन पक्षको जिकिर छ ।

यता नगरमा पुर्व नगरप्रमुख बिदुर कार्की पक्षधरहरुले भने पाटी लामो समयदेखी  बन्दी भएको र जनताको घरदैलोमा जाँदा जिम्मेवारीपुर्ण ढंगले प्रस्तुत हुनुपर्ने भएकाले रुद्र सुस्लिङ्गलाई पाटीको बहुमत सदस्यले जिम्मेवारी दिएको दावी गरेका छन् । माओवादी केन्द्रको आधार इलाका मानिएको क्षेत्र नं. १ मा यस्तै विवादहरुले कमजोर बन्दै गएको छ । अघिल्लो स्थानिय तहको निर्वाचनमा बर्दिवास, गौशाला माओवादी केन्द्रले जितेको थियो भने संघमा समेत माओवादी केन्द्रले नै जितेको थियो ।

तर यो निर्वाचनमा माओवादी केन्द्रले प्रदेश 'ख'मा वाहेक सवै पालिका मात्र हैन संघ समेत गुमाउनु पर्‍यो । नेताहरुविचको आन्तरिक टसलले कार्यकर्ता समेत दुई कित्तामा उभिएका छन । एकथरीले पाटीको विधि र प्रक्रियालाई मिचेको भन्दै आलोचना गरिरहेका छन् भने अर्कोथरीले पाटी बलियो बनाउन यो नै उत्तम अस्त्र भएको बताउदै आएका छन् ।

नगरको नेतृत्वको लागी खड्काले ज्ञान बहादुर गोलेलाई अगाडि सार्नुभएकाे थियाे भने बिदुर कार्की पक्षधरले रुद्र सुस्लिङ्गलाई अगाडि सारेका थिए । जिल्ला इन्चार्ज समेत रहनुभएका खड्काले सन्तुलित नेतृत्व गर्न नसकेको आरोप लगाउदै पाटीभित्रको सम्पुर्ण उतारचढावलाई खड्काले नै जिम्मेवारी लिनुपर्ने कतिपय नेताहरुको तर्क छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?