काठमाडौं । साताको पहिलो दिन सेयर बजार उच्च अंक ४५.६९ ले बढेर २०६४.४५ अंकमा पुगेको छ । नेप्सेसँगै आइतबार कारोबार रकमसमेत बढेर पाँच अर्ब २५ करोड १० लाख रुपैयाँ पुगेको छ । यस दिन एक करोड २२ लाख ४० हजार कित्ता सेयर कारोबार भएका हुन् ।
आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा बढेको छ भने हिमालयन लघुवित्तको सेयर मूल्य करिब साढे आठ प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने फस्ट माइक्रो फाइनान्स साढे ११ करोडभन्दा बढी र हिमालयन लाइफ इन्स्योरेन्सको ११ करोडभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच