कान्तिपुर हिसान एडु फेयर असार ८ गतेबाट पुनः सञ्चालन हुने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले रोकेको ८औं कान्तिपुर हिसान एडु फेयर असार ८ गतेबाट पुनः सञ्चालन हुने भएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारेमा जानकारी गराएको हो ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा असार ८,९ र १९ गते मेला पुनः सञ्चालन हुने भएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै कान्तिपुर हिसान एडुफेयरका संयोजक टंकराज आचार्यले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति प्राप्त गरी जेठ ३२ गतेदेखि असार ३ गतेसम्म भृकुटीमण्डपमा आयोजित शैक्षिक मेला काठमाडौं महानगरका तर्फबाट गैरकानूनी ढंगले अवरोध सिर्जना गरी बाधा पु¥याएपछि कानूनी प्रक्रियामा गए उच्च अदालत पाटनका तर्फबाट मेला सञ्चालन गर्न अनसमपत दिएसँगै मेला सञ्चालन गर्न लागेको बताउन भयो । उहाँले मेलामा विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले नेपालका प्रतिष्ठित शिक्षालय र गुणस्तरीय शिक्षाबारे परामर्श लिनसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति प्राप्त गरी २०८० जेठ ३२ गतेदेखि असार ३ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा आयोजना भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाका तर्फबाट गैरकानूनी ढंगले अवरोध सिर्जना गरी बाधा पु¥याइएकोले कानूनी प्रक्रियामा गइ सम्मानित उच्च अदालत पाटनका तर्फबाट प्राप्त मेला सञ्चालन गर्नु, गरुराउनु भन्ने अन्तरिम आदेश बमोजिम शैक्षिक मेला पुनः सञ्चालन गर्न लागिएको हो । शैक्षिक मेला २०८० असार ८, ९ र १० गते भृकुटीमण्डप काठमाडौंमा सञ्चालन हुँदैछ । तीन दिनसम्म निर्वाध रुपमा सञ्चालन हुनेछ ।’

गत जेठ ३२ गते सञ्चालन भएको मेला काठमाडौं महानगरपालिकाले अनुमति नलिइकन सञ्चालन गरेको भन्दै बन्द गराएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?