
काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजार २७.५४ अंकले बढेको छ । कारोबारमा आएका १३ समूहगत सूचकमध्ये पाँच समूह सामान्य घटेको छ भने आठ समूहको बढेको छ । बैंकिङ सर्वाधिक ४.१८ प्रतिशतले बढेको बजारमा व्यापार २.२३, लगानी १.८४, म्युचुअल फण्ड १.८४ र हाइड्रोपावर १.३८ प्रतिशतले बढेको छ । विकास बैंक, होटल तथा पर्यटनमूलक र अन्य एक प्रतिशतभन्दा कम बढेका छन् भने फाइनान्स, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बिमा सामान्य घटेका छन् । करिब छ अर्ब बराबरको सेयर कारोबार भएकोमा पोखरा फाइनान्सको सर्वाधिक १९ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।
सिइडिबी हाइड्रोपावर १८ करोड ९० लाख, फस्ट माइक्रो फाइनान्स १३ करोड ४९ लाख, शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३ करोड ४२ लाख र एनआइसी एसिया बैंकको ११ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार कित्ताका आधारमा कुमारी बैंकको सर्वाधिक चार लाख ४३ हजार ५८ कित्ता र कारोबार संख्याका आधारमा हिमालयन रि इन्स्योरेन्सको १९ सय ९२ सहित शीर्ष स्थानमा रहेको छ ।
चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, भगवती हाइड्रोपावर र नेरुडे मिर्मिरे लघुवित्तको सेयर मूल्य उच्च अंकले बढेको हो । बाराही हाइड्रोपावर ९.०९, एनआइसी एसिया बैंक ९.०६, माईखोला ८.२१, छ्याङ्दी हाइड्रोपावर ७.२१, एनएमबी ५० को इकाई मूल्य ७.१८ र विन्दबासिनी हाइड्रोपावरको ६.९३ प्रतिशतले मूल्य बढेको छ ।
तर, उपकार लघुवित्त, सिर्जनशील लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, युनिक नेपाल लघुवित्त र नारायणी डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त, गुराँस लघुवित्त, जाल्पा लघुवित्त, एभरेष्ट बैंक डिबेञ्चर २०८५ र धौलागिरि लघुवित्तको सेयर मूल्य भने घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच