
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा समग्र वैदेशिक व्यापार घटेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको वैशाखसम्म अघिल्लो वर्षको सोही तुलनामा वैदेशिक व्यापारको समग्र सूचक घटेको देखिएको हो । चालु आर्थिक वर्षको १० महिनामा कुल १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएकोमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५० प्रतिशतले वैदेशिक व्यापार घटेको हो ।
गत वर्षको १० महिनामा १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख बराबरको वैदेशिक व्यापार भएको थियो । यस वर्ष १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको आयात भएको थियो ।
आयात दरजस्तै निर्यात दर पनि यो वर्ष खुम्चिएको छ । तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ३.६१ प्रतिशतले निर्यात दर खस्किएको छ । १० महिनामा एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब ३० अर्ब नौ करोड बराबरको निर्यात भएको थियो । अघिल्लो वर्षको १० महिनाको तुलनामा यो वर्षको १० महिनामा २.२६ प्रतिशतले व्यापार घाटामा कमी आएको हो । १० महिना अवधिमा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबरको व्यापार घाटा भएको छ । अघिल्लो वर्ष १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच