![पहिरोमा बेपत्ता भीरकोटकी एक महिलाको शव भेटियो](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/pahiro.jpg)
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग गरेर नेपाली काँग्रेस फसेको बताउनुभएको छ ।
संसदमा छानविन गर्नका लागि दक्ष जनशक्तिकै अभाव भएकाले पनि नेपाली काँग्रेसले सो विषयलाई न्यायिक जाँचबुझ आयोग बनाएर सुनकाण्डमा जसरी छानविन गर्ने माग गरेको भए उपयुक्त हुने उहाँको जिकिर थियो ।
मंगलवार संघीय संसद भवन परिसरमा सचिव भट्टराईले सञ्चारकर्मीहरुमाझ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको निष्कर्ष कसरी निकालेको ? भनेर पनि काँग्रेसलाई प्रश्न गर्नुभयो । अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा त्यस्तै कुनैपनि निकाएले छानविन नगरी गृहमन्त्रीमाथि दोषी करार काँग्रेसले गर्न नमिल्ने उहाँको भनाई थियो । सचिव भट्टराईले छानविनको क्रममा पुष्टि भए उहाँ पनि कारबाहीको भागिदार हुने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संसदीय समिति बनाउने कुरामा राजनीतिक दलहरुका बीचमा सहमती छ । केही दिन अगाडि प्रधानमन्त्रीज्युकै निवासमा नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली काँग्रेसका सभापति माननीय शेरबहादुर देउवा, गृहमन्त्री रवि लामिछानेजीसहित बसेर यसलाई एउटा समिति बनाएर, संसदीय समिति बनाएर अगाडि बढौ भन्ने सहमती भएको छ । अव त्यो समितिको कार्यादेश के हुने भन्नेमा छलफल चलिराखेको छ । कार्यादेश बनाउनका लागि एउटा कार्यदल छ । त्यसको समन्वय माननीय कानूनमन्त्रीले गरिनै रहनुभएको छ । २/४ राउण्ड यसमा छलफल भईसकेको छ । छलफलहरु धेरै टाढा छैनन, नजिक नजिक नै छन् । अब एकाध शब्दहरु नमिलेको, एकाध भाषाहरु नमिलेको कुरा हो । त्यो पनि मिल्छ । २, ३ दिनमा यो विषय मिल्छ । अव हाम्रो भनाई के छ भने नेपाली काँग्रेसलाई साँच्चै यो सहकारीको विषयमा छानविन गर्ने तपाईहरुको मनसाय हो भने त्यो राम्रो कुरा हो । त्यसमा एउटा सहमतीमा पुगौं । समग्र सहकारी क्षेत्रमा जे खालको विकृति, विसंगतिहरु छन । त्यसमा हाम्रो ३, ४ वटा कुराहरु उहाँहरुलाई छ । एउटा यो भन्दा अघि पनि ६, ७ वटा समितिहरु बनेका थिए । संसदको नबनेपछि सरकारले बनाएको थियो । त्यो समितिले दिएको रिर्पोट पनि हेरौं । विगत ८/१० वर्षदेखि बनेका समितिले त रिर्पोट दिएको छ । त्यो रिर्पोट पनि हेरौं । र अहिले तपाईहरुले संसदमा उठाई राख्नु भएको ४/५ वटा सहकारीको कुरा त्यो पनि हेरौ । त्यो सहकारी र गोर्खा मिडियो नेटवर्कको बीचमा के–के आर्थिक कारोबार भएको रहेछ भन्ने कुरा भईनै हाल्यो । त्यसक्रममा गृहमन्त्रीजीको काँही संलग्नता देखियो छ, उहाँलाई पनि सोधपुछ गर्नुपर्ने भएछ भने समितिले सोधपुछ गर्छ । के ठूलो कुरा भयो ? तर अहिले गृहमन्त्रीलाई दोषी ठहर गरेर समिति बन्ने कुरा हुन सक्दैन । कसले दोषी ठहर गर्ने ? यो संसदले दोषी ठहर गर्ने हो कि, कसले गर्ने ? अहिले उहाँ दोषी ठहर हुनु भएको छैन ।'
उहाँले भन्नुभयाे, ' त्यसकारणले पहिलो कुरा त समितिमा छलफल अगाडि बढाऔं । त्यसक्रममा मन्त्रीहरुसँग लिनुपर्ला, सचिवहरुसँग लिनुपर्ला, सहकारीका मालिकहरुसँग लिनुपर्ला । वचतकर्ताहरुसँग लिनुपर्ला । जो पीडित छन्, उनीहरुसँग लिनुपर्ला । पीडकहरुसँग लिनुपर्ला । सबैसँग बयान लिउँ । त्यसक्रममा तपाईहरुले उठाएको सुर्यदर्शनदेखि के के भन्नुभएको छ नि । ती सबै त त्यो समितिले हेरिहाल्छ नि । त्यो हेर्ने क्रममा गृहमन्त्रीजीको त्यहाँ केही हस्ताक्षर छ, संलग्नता छ भने त्यो समितिले त आँखा चिम्लिदैन, हेर्छ त्यहाँ । छलफल गर्छ । त्यसकारणले त्यस हिसावले बृहत सेन्समा जानुपर्छ भन्ने हाम्रो भनाई छ नेपाली काँग्रेसलाई । अव पर्शनल्ली मेरो कुरा के छ भने नेपाली काँग्रेस यो संसदीय समितिको माग राखेर फस्यो भन्ने मलाई लाग्छ । किनभने संसदीय समितिसँग त्यस्तो पोख्त न्यानपावर पनि हुँदैन । त्यस्तो प्रविधि पनि छैन । बरु उहाँहरुले सुनकाण्डमा जस्तो न्यायिक आयोग मागेको भएदेखि त्यसले राम्रो छलफल हुन्थ्यो । त्यसले छानविन गथ्र्यो । विज्ञहरुलाई राखेर छलफल हुन्थ्यो, छानविन हुन्थ्यो । अव उहाँहरु आउनु भयो संसदीय समितिमा । ठिक छ अव समिति बना भन्ने सहमती त भएको छ । अव टिओआरको भाषामा उहाँहरुले गृहमन्त्रीको नामै लिएर गृहमन्त्रीलाई ठग, गृहमन्त्रीलाई अपराधी भनेर लेख्ने भन्नुहुन्छ । गृहमन्त्री ठग, अपराधी भन्ने कहाँबाट निष्कर्ष निस्क्यो त ? यो निस्केको छैन । कुनै अदालतले उहाँलाई भनेको छ कि । कुनै अख्तियारले उहाँलाई भनेको छ कि ? भन्दै नभनि संसदले कसरी भन्न सक्छ ? त्यसकारणले एउटा बोर्डर सेन्समा सबैको छानविन हुने गरी जाऔं भन्ने हाम्रो कुरा छ । त्यसकारण तपाईहरुमार्फत हाम्रो नेपाली काँग्रेसलाई विनम्र अनुरोध के छ भने यसरी उत्तेजनामा आएर हुँदैन । नेपाली काँग्रेसजस्तो पार्टीले संसदमा गतिरोध गर्ने, संसदमा नीति, कार्यक्रम प्रस्तुत गर्न नदिने, राष्ट्रपतिलाई धन्यवाद दिन नदिने, अनि प्रधानमन्त्रीको विश्वासको मत लिन अवरोध खडा गर्ने । यो चाँही काँग्रेसले ठिक गरिराखेको छैन नि । त्यसकारण काँग्रेसले स्टेप डाउन गर्नु पर्छ । एक स्टेप काँग्रेस डाउन हुनुपर्छ । सत्ता पक्ष समिति बनाउन तयार नै थिएन । आज तयार भयो नि । भनेपछि सत्ता पक्ष एक स्टेप अगाडि गयो । भनेपछि काँग्रेस पनि एक स्टेप पछाडि हटन । हामीले भनेको त्यही हो । त्यसमा वीन वीन बाटो निकालेर समाधान निकाल्नुपर्छ भन्ने हाम्रो पार्टीको, हाम्रो नेतृत्वको हामी सत्ता पक्षका सबैको चाहना छ । अब हामी कम्युनिष्टहरु सरकारमा भएकाले पेलेर जाने भन्ने भाषा आएको हो । हामी एमालेहरु वेलमा बसेर नारा लगाईरहँदा काँग्रेसले कतिवडा विधेयक पास ग¥यो ? त्यसमा त काँग्रेसले कसैलाई पेलेर गयो त भनेन नि । एमालेले कस्तो असंसदीय आचरण देखाएको भनेर भन्थे होइन टिप्पणी । आज काँग्रेसलाई असंसदीय आचरण देखाएको भनेर टिप्पणी गर्नुप-यो नि ।’
उहाँले संसदमा काँग्रेसले असंसदीय आचरण प्रर्दशन गरिरहेको आरोप पनि लगाउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच