नुहाउने क्रममा डुबेर दाङमा डुवेर एक किशोरीको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

दाङ । दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको ज्यान गएको छ ।

आज बिहीवार दिउँसो हापुर खोलामा बाँधिएको कुलाको बाँधमा नुहाउने क्रममा तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टाकी १४ वर्षीया चेतना रावतको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

सङ्ग्राम खोला र हापुर खोलाको दोभानमा नुहाउन गएको बेला खोलामा डुबेकी किशोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?