![ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध](https://ehimalayatimes.com/wp-content/uploads/2023/12/Kaligandaki-karidor.jpg)
सर्लाही । बिगतको वर्ष झै यस वर्षमा समेत किसानले मल खात अभाव भोग्नु पर्ने देखिन्छ । खेती लगाउने मुख्य सिजन सुरु हुन लाग्दा समेत जिल्लामा किसानको माग अनुसार युरिया, डिएपी र पोटास पाएका छैनन् । जसले गर्दा किसानलाई खेती कसरी गने भने चिन्ताले सताउन थालेको छ । अहिले सर्लाहीका किसानले आफ्नो बारिमा लगाएको उखु, मकै,चैते धान ,तरकारी लगाएतको बालीमा धमा धम माल खाद हाल्ने बेला भय पनि बजारमा मलको अभावले गर्दा किसानले मल हाल्न पाएका छैनन् ।
उखु उत्पादक महासङ्घका अध्यक्ष तथा उखु किसान कपिलमुनी मैनालीले उखु बालीमा समेत मलको अभाव रहेको बताउनु हुन्छ । यस बेला किसानले उखु गोड मेल गरी सकेर मलखाद दिने बेला भैसक्दा समेत मल अभावले गर्दा खेतीमा मल हाल्न नपाउदा उत्पादन घट्ने चिन्तामा किसान रहेको मैनाली बताउनु हुन्छ । यस वर्ष समयमै पानी परेको भए पनि मल अभावले गर्दा किसानले खेतबारीमा मल हाल्न नपाएको मैनालीको भनाई छ ।
सर्लाही ईश्वरपुर ७ निवासी किशोरी महतोले छिमेकीको १५ कठ्ठा जमिन अधियाँ कमाउँदै आउनु भएको छ । आफ्नो जमिनको नामको १० धुर घडेरी मात्र रहेको महतोको अधियाँबाट आउने अन्न पातबाटै परिवारको घर खर्च तथा दुई छाक टार्ने गरेको बताउनु हुन्छ। तर यस वर्ष पनि रासायनीक मलको अभावले गर्दा आफुले लगाएको बालीमा उत्पादन घट्ने तनावमा रहेको बताउनु हुन्छ ।
मकै रोप्ने समयमा डिएपी मल हाल्न नपाएका महतोले अहिले युरिया समेत हाल्न सक्नुभएको छैन। महत्तोले आफ्नो वडाको मल विक्रेताकोमा जाँदा रोप्ने बेला दिने आश्वासन पाएको बताउनु भयो ।
लामो समयदेखि तरकारी खेती गर्दै आउनु भएका सर्लाही लालवन्दीका तरकारी किसान राम दास रायको बारीमा अहिले उत्पादन दिन लागेको करेला, लौका , झिमनी , बोडी ,काक्रो रहेको छ तर रायले समयमा रासायनिक मल हाल्न नपाउँदा उत्पादन घट्ने चिन्तामा राय समेत रहनु भएको छ ।
समयमा मलखाद नपाउँदा तरकारीको बिरुवा पहेँलो हुने तथा अहिले पानीले बिरुवालाई पानीले कुटेकाले बढ्न समेत रासायनिक मलको आवश्यक हुन्छ । यदि समयमा मलखाद हाल्न नसकेमा उत्पादन घट्नुका साथै लामो समयसम्म उत्पादन समेत नदिने कृषि प्राविधिक बताउँछन् । कृषि प्रधान देश भने पनि किसानले भने समयमा मलखाद नपाउँदा निराश देखिन्छन् ।
सर्लाहीमा केन्द्र बाट पठाएको मल खाद बिक्री गरि रहेको भयपनी किसानको माघ अनुसार कृषि सामग्री कम्पनी लिमिटेडले माल खाद प्रदान र्गन नसकिएको सामग्री कम्पनी लिमिटेड सर्लाहीका प्रमुख ध्रुव प्रसाद साहले बताउनु भयो । साहका अनुसार सर्लाहीमा किसानको युरिया १५ हजार मेट्रिक टन माघ छ तर सर्लाही सामाग्रीको भागमा ६ हजार मेट्रिक टन मात्र पाउने गरेको छ । डि ए पी किसानले १० हजार माघ गरेको भय पनि ५ हजार मात्र उपलब्ध गराई रहेको र पोटास १५ सय मेट्रिक टनमा २०० मेट्रिक टन मात्र अहिले सर्लाहीमा आईरहेको छ । किसानलाई सहज होस् भनेर यस वर्षा लाइ सर्लाहीले पाउँदै आएको कोटालाई बढाइदिन मन्त्रालय लाइ आग्रह गरेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।
प्रत्येक वर्षजस्तो आउने यस्ता समस्याको दीर्घकालीन रूपमा समाधान गर्ने तर्फ तिनै तहका सरकारले बेलैमा सोच्नुपर्ने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच