![म्याग्दीमा एक महिने कुक तालिम : महिलाहरु उत्साहित](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/talim.jpg)
लण्डन । लिभरपुलको प्रशिक्षकमा अर्ने स्लट नियुक्त हुनुहुने भएको छ । लिभरपुलले उहाँलाई योर्गेन क्लोपको स्थानमा नियुक्त गर्ने भएको हो । उहाँले औपचारिकरूपमा १ जुनमा आफ्नो भूमिका सम्हाल्ने एपीले जनाएको छ । उहाँको सम्झौता सन् २०२७ सम्म चल्नेछ । सम्झौताबारे थप कुरा सार्वजनिक गरिएको छैन । गत अप्रिलमा उहाँले लिभरपुलसँग कुराकानी भइरहेको बताउनुभएको थियो ।
गत साता पनि उहाँले क्लोपको उत्तराधिकारी बन्ने घोषणा गर्नुभएको थियो । ४५ वर्षीय नेदरल्याण्ड्सका प्रशिक्षक स्लटले केही समय लिभरपुल सम्हाल्ने अपेक्षा गरिएको थियो । स्लटले २०२१ देखि फेयनोर्डलाई प्रशिक्षण दिइरहनुभएको थियो । त्यसभन्दा अगाडि उहाँ एजेड अल्कमारमा आबद्ध हुनुहुन्थ्यो ।
क्लोपले जनवरीमा सिजनको अन्त्यमा लिभरपुल छोड्ने घोषणा गर्नुभएको थियो । उहाँले सन् २०१९ मा च्याम्पियन्स लिग, २०२० मा प्रिमियर लिग र २०२२ मा इंग्लिस लिग कप र एफए कप जिताउनुभएको थियो । उहाँको प्रशिक्षणमा लिभरपुलले युइएफए सुपर कप र क्लब विश्वकप पनि जितेको थियो । यद्यपि, दुई च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल पराजित भएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच