काठमाडौं । न्युटन हाईस्कुलको आयोजनामा प्रथम न्युटन एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा २०८० सालमा एसइई दिएका विद्यार्थीका ४८ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा न्युटनका प्रिन्सिपल रामबहादुर केसीले जानकारी गराउनुभयो । ब्वाइजमा ३२ तथा गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा नगद पुरस्कारसहित पूर्ण र आंशिक छात्रवृत्तिको व्यवस्था गरिएको छ । दुवै समूहका विजेताले १० हजार र उपविजेताले पाँच हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै, उपाधि विजेता र उपविजेताले न्युटनमा प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउनेछन् । सेमिफाइनल पुग्नेले ७०, क्वाटरफाइनल पुग्नेले ६० र सहभागी हरेक टोलीका खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब दुई लाख ५० हजार रुपैयाँ खर्च हुने न्युटनका कार्यकारी निर्देशक रमेश पन्थीले बताउनुभयो । उहाँले विद्यार्थीको सर्वांगिण विकासका लागि शैक्षिक गुणस्तर प्रदान गर्दै उनीहरूमा रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न न्युटनले खेलकुदका साथै विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आइरहेको बताउनुभयो ।
प्रिन्सिपल केसीले भलिबलमा पनि न्युटनले प्रतिभावान् खेलाडीको पहिचान गरी राम्रै लगानी गरी छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो । ‘हामीले केही खेलाडीलाई आवासीयसहित पूर्ण छात्रवृत्ति तथा केहीलाई आंशिक छात्रवृत्ति प्रदान गरेका छौँ ।’ केसीले भन्नुभयो, ‘जम्मा ४१ खेलाडीलाई सुविधा दिएका छौँ ।’ दुईदिने प्रतियोगिताका खेलहरू बालुवाटारस्थित आयोजककै कोर्टमा खेलाइनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच