भोजपुर । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनुकटाको नेतृत्वमा भोजपुरका १६ वटा पसलहरुको अनुगमन गरिएको छ । सदरमुकाम र आसपासमा रहेका पसलहरुमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको टोली सहितले अनुगमन गरेको हो ।
अनुगमन टोलीले नगरपालिका क्षेत्रका पाँच वटा किराना पसल, सात वटा होटल, तीन बेकरी उद्योग र एक डेरी पसलको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय भोजपुरका नायव सुब्वा कुमार राईले जानकारी दिनुभयो । अनुगमनकाक्रममा ती पसलहरुबाट म्याद सकिएका सामाग्रीहरु नियन्त्रणमा लिई नष्ट गरिएको अनुगमन टोलीका सदस्य राईले बताउनुभयो । म्याद सकिएका अठार हजार बढीका सामाग्रीहरु नष्ट गरिएको छ ।
म्याद सकिएका सामाग्रीहरु बिक्री नगर्न, खाद्य स्वच्छतामा ध्यान दिन, सरसफाई गर्न, लेवल नभएका सामाग्रीहरु बिक्री नगर्न ब्यवसायीहरुलाई सचेत गराईएको अनुगमनमा संलग्न भोजपुर नगरपालिकाका छैटौं अधिकृत सन्तोष कटवालले बताउनुभयो । अनुगमनका क्रममा नगरपालिका क्षेत्रको च्याङवेनी चोकमा रहेको गणपति बेकरी उद्योगमा केक बनाउन प्रयोग गरिएका रंगहरुको म्याद सकिएको भेटिएको छ । रंगका साथै त्यस्को प्रयोग गरेर बनाईएका केकहरु समेत बरामद गरी नष्ट गरेको अनुगमन टोलीले जनाएको छ ।
अनुगमनमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनुकटाका खाद्य निरीक्षक सुशील कोइराला, श्रीजन जोशी, भोजपुर नगरपालिका, जिल्ला प्रशासन, प्रहरी, उद्योग बाणिज्य संघ लगायतका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । आगामी दिनमा पनि अनुगमन नियमित गरिने टोली सदस्यहरुको भनाई रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच