काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडक आन्दोलन गर्ने भएको छ।
सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको हो।
आवश्यकता अनुसार उपत्यका बाहिर पनि प्रदर्शन गर्ने निर्णय बैटकले गरेको छ।
जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा उतार्ने निर्णय भएको छ ।
कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डीला संग्रौलाका अनुसार सरकारले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउनुको सट्टा अधिनायकवादतर्फ उन्मुख भएको बताउँदै कांग्रेस आन्दोलन गर्न लागेको हो । अब कांग्रेस नेताहरू सडकमा उत्रिन लागेका छौं। हामीले संसदमात्र होइन, सडकबाट पनि आन्दोलनको थालनी गर्न लागेका हौं।' उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच