सीता एयरले ठक्कर दिँदा आफ्नै कर्मचारी घाइते

निर्पेन्द्रबहादुर मल्ल
निर्पेन्द्रबहादुर मल्ल
Read Time = 1 min

मुगु । मुगुस्थित रारा विमानस्थलमा चालू अवस्थामा रहेको विमानले ठक्कर दिँदा विमान कै कर्मचारी घाइते भएका छन् ।

विहिवार नेपालगन्जका लागि यात्रुहरु राखेर उड्ने तयारिमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम सक्त घाइते हुनुभएकाे हाे ।

भाम विमानका चालकहरुलाई विमान उडान संकेत गरिरहेका बेला चालकहरुले बोलाएपछी विमान तर्फ जाँदै गर्दा विमान गुड्न शुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिँदा घाइते भएको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी गराउनु भयो ।

घाइते भइ अचेत अवस्थामा रहेका भामलाई सीता एयरकै विमानमार्फत् उपचारका लागि नेपालगन्ज लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?