बाजुराबाट रारा जाँदै गरेको जिप दुर्घटना, १२ जना घाइते

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 1 min

मुगु । बाजुराबाट रारा तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भए छन् ।

विहिवार बाजुरा जिल्लास्थित हिमाली गाउँपालिका-५ कोल्टिमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई रारा घुमाउन ल्याउदै गरेको ग १ ज ८२४९ नम्बरको जिप मुगु जिल्ला खत्याड गाउँपालिका-२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा ९ जना विद्यार्थी, २ जना शिक्षक र चालक रहेको र घाइते मध्य चालक बाहेक सबैको अवस्था सामान्य रहेको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिनु भयो ।

सक्त घाइते चालक तथा जिप मालिक लाल बहादुर भण्डारीको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।
जिप सडकबाट २५ मिटर तल खसेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?